News Portal

  • नेकपाका नेता प्रकाण्ड फिल्मी शैलीमा पक्राउ परेसंगै नयाँ तरंग, प्रहरीमाथि प्रश्नैप्रश्न

    नेपालवाल संवाददाताकाठमाडौं, २७ साउन
    १४८५ पटक
    काठमाडौं, २७ साउन

    नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसमेत रहेका पार्टी प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले थप दुई दिन राख्न पाउने भएको छ । आइतवार अदालतले उनलाई दुई दिन हिरासतमा राख्न म्याद थप गरेको हो ।

    विशेष अदालतले उनलाई यसअघि पाँच दिन हिरासतमा राख्न म्याद थपेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै आज १५ दिन म्याद थप गर्न माग गरेको थियो । अदालतले भने  दुई दिन म्याद थप गरिदिएको छ ।

    प्रवक्ता प्रकाण्ड साउन २२ गते हेटौडाबाट काठमाडौ आउदै गर्दा दक्षिणकाली नगरपालिकाको वार्ड नं. १ चाल्नाखेलबाट पक्राउ परेका थिए । जवर्जस्ती चन्दा असुलीको अभियोगमा प्रहरीले उनलाई फिल्मी शैलीमा पक्राउ गरेपछि राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

    नेता प्रकाण्डले यस अघि आफुलाई ठुलो संख्यामा प्रहरीले एकाएक घेरा हालेर पक्राउ गरी रातभर कालो पट्टी बाँधेर मानसिक यातना दिँदै राखेको बताएका थिए । आज भने उनलाई पत्रकारसंग बोल्न बन्देज लगाइएको थियो । पत्रकारको प्रश्न सुन्न नपाउदै उनलाई डिब्बावाला भ्यानमा जबर्जस्ती कोचिएको थियो । जाँदाजादै उनले हिरासतमा आफूहरुमाथि प्रहरीले चरम यातना दिएको बताए । ‘हो, हो चरम यातना…’ उनले आफ्नो प्रतिक्षामा रहेका पत्रकारहरुसंग यति मात्र भन्न भ्याए ।

    उनको पक्राउलाई लिएर सत्तारुढ दल (ने क पा) कै प्रभावशाली नेताहरुले समेत सार्वजनिक रुपमै असन्तुस्टी जनाएका छन् । सरकार बिरोधी भएकै कारण उनलाई पक्राउ गरि फसाउन खोजिएको उनका समर्थकहरुको आरोप रहेको छ ।  असन्तुस्ट दलसंग बार्ताको बदला दमनको नीति न्यायोचित नभएको उनीहरु बताँउछन् ।

    प्रहरीले नेता प्रकाण्डसँगै उनी चढेको गाडीका चालक र उनका सहयोगी हरीचन्द आचार्यलाई पनि गिरफतार गरेको थियो । गिरफतार गरिएका मध्ये आचार्यलाई प्रहरीले निर्मम यातना दिएको बुझिएको छ । अदालतमा म्याद थप्नका लागि प्रहरीले लगेका बेला आचार्यले आफ्ना आफन्तलाई आफुलाई चर्को यातना दिएको र सामान्य तरिकाले बस्न र हिडडुल गर्न पनि नसक्ने अवस्था रहेको बताएका थिए ।

    त्यसैगरी प्रहरीले २६ गते शनिवार बिहान ललितपुरको सानेपाबाट दोलखाका प्रमेश दर्नाललाई पक्राउ गरेको छ । प्रहरीले प्रमेशका दाई प्रकाण्डको काममा सहयोगी बनेको भन्दै भाई प्रमेशलाई पक्राउ गरेको बुझिएको छ । तर, उनी कुनै पनि राजनैतिक कार्यमा नलागेको व्यक्ति हुन् । विशुद्ध व्यवसाय गरेका बसेका दर्नाललाई पक्राउ गरेर चरम यातना समेत दिएको उनका आफन्तले जानकारी गराए ।

    आफनो विशुद्ध व्यावसाय गरेर बसेका व्यक्ति प्रमेशलाई पक्राउ गरेको र जिउ र हातखुट्टामा निलडाम देखिने गरी चरम यातना दिएर राखेको भन्दै उनका आफन्तजनले आपत्ती जनाएका छन् । साथै उनलाई तत्काल रिहा गर्न पनि उनीहरुले माग गरेका छन् । उनीमाथि प्रहरीले गरेको ज्यादती, दिएको यातनाबारे जाँचबुझ गरिदिन पनि परिवारले राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारकर्मी तथा संचारमाध्यमलाई आग्रह गरेका छन् ।

    प्रहरीले घरमा आएर सबै सामानहरु फाल्नुका साथै घरपरिवार, महिला, केटाकेटीलाई लछारपछार समेत गरेको थियो । लगातार दुई तीन दिनदेखि घरवरिपरि प्रहरी जम्मा भएर मानसिक यातना दिनुका साथै २६ गते बिहान घरभित्रै पसेर धम्की दिँदै आतंकित पार्ने काम गरेको  बताइएकाे छ ।

    प्रमेशलाई गिरफ्तार गरेर लगी दिनभर यातना दिएर राखेको र साँझपख मात्र जिल्ला प्रहरी कार्यालय टेकुमा पु¥याएको थियो । सो क्रममा उनीसँगै उनको स्कुटर, अन्य सरसामान, पुस्तकहरु पनि लगेको थियो । बिहान मान्छे गिरफतार गरेको प्रहरीले साँझपख फेरि गएर परिवारलाई आतंकित पार्ने काम गरेको थियो ।

    प्रहरीको सो व्यवहारले घरमा केटाकेटीहरु अहिलेसम्म त्रसित रहेको प्रमेशकी भाउजुले जानकारी दिइन् । उनले एउटा सामान्य मान्छेलाई अपराधीको जस्तो व्यवहार गरेर गिरफ्तार गर्नु र अझ अरुसँग जोडेर चरम यातना दिने काम गर्नु ठुलो अन्याय भएको बताइन् । यसको छानविन गरी यस कार्यमा सम्लग्न हुने प्रहरीमाथि कडा कारवाही गर्न पनि उनको माग छ । पक्राउ परेका दर्नाललाई पनि विशेष अदालतले  ३ दिन हिरासतमा राख्न आदेश दिएको छ ।

    यसैबीच, नेकपाका प्रवक्ता प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट पनि दायर भएको जानकारी प्राप्त भएको छ । सो रिटमाथि सर्वोच्चले सोमबारका लागि पेशी तोकेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...

    प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    गृहमा रविले नसकेको रेकर्ड राख्न श्रेष्ठ सफल : पहिलो निर्णयले नै जोगियो देशको दैनिक पाँच लाख

    गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा गृहमन्त्री र गृहसचिवले खर्च गर्न पाउने...

    अरनिको हाइवेस्थित पलासेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन

    भक्तपुरको अरनिको हाइवेस्थित सूर्यविनायक ९ पलासेचोकमा सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ...

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...