News Portal

  • आफ्नो हातमा आफ्नै मृत्यु दर्ताको प्रमाणपत्र !

    गोपालप्रसाद बरालबर्दिबास, २७ साउन
    १५३२ पटक
    बर्दिबास, २७ साउन

    महोत्तरी, २७ साउन । ‘‘हजुर ! हम बर्बाद भगेलौँ, जिन्दे मे मरल ।” (हजुर, म बर्बाद भएँ, जिउँदै मरेको) महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी बैरियाका ५९ वर्षीय रामसेवकराय यादव अचेल जसलाई भेट्दा पनि यस्तै बिलौना गर्छन् ।

    आफ्नो हातमा आफ्नै मृत्यु दर्ताको प्रमाणपत्र बोकेर न्यायका लागि विभिन्न कार्यालय धाउने यादव आफन्त, छिमेकी, कार्यालयका कर्मचारी, राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिलाई मात्र नभएर अपरिचित मानिस देख्नासाथ आफ्नो बिलौना सुनाउन बिराउँदैनन् ।
    ‘‘हजुर, कत्त नई गेली ? सिडियो साब, नेता, प्रधान (आफ्नो स्थानीय तहका प्रतिनिधि) आ प्रहरी सब्के कहिक थाइक गेली’ (हजुर, कहाँ गइन ? सिडियो साब, नेता, नगर प्रमुख र प्रहरी सबैलाई भनेर थाकिसकेँ) यादवले आफ्नो मृत्यु दर्ताको प्रमाणपत्र देखाउँदै सञ्चारकर्मीसँग भने, ‘‘मुदा, हम जिन्दा आद्मीके मरल प्रमाणपत्र कोई नई सकाइर देलक’’ (तर म जिउँदो मान्छेको मरेको प्रमाणपत्र कसैले पनि सच्याइ दिएनन् ) ।

    किशोरावस्थामै मातृवियोग भएपछि २०४८ सालमा घरमा पत्नीलाई छाडेर कमाउन भारतको पञ्जाव गएका उनी लामो समयसम्म नफर्केपछि पत्नीले अन्तै घरजम गरिन् ।
    यादवकी आमा मरिसकेकी र पत्नी अन्तै हिँडेपछि उनी पञ्जावतिरै रहेका बेला सौतेनी आमा शकुन्तीदेवी र सौतेलो भाइ रामपुकारको दवावमा बाबु रामवृक्षले २०६८ साल जेठ १ गते आफैँ सूचक भएर रामसेवकको मृत्युदर्ता गर्नाका साथै उनका नाउँको जग्गा नामसारी गरेर बेचेका थिए । रामसेवकको २०६७ साल कात्तिक १४ गते मृत्यु भएको भनी त्यतिबेलाका खोपी गाविसका पञ्जिकाधिकारी (गाविस सचिव) गोपाल पाठकको हस्ताक्षर रहेको मृत्यु दर्ता प्रमाणपत्रमा उल्लेख छ ।

    आमा कौशिल्यादेवी जीवित छँदै उनले आफ्नो नाउँमा रहेको बर्दिवास–जलेश्वर सडक छेउको १० कट्ठा र आफ्नै बस्तीको पाँच कट्ठा घडेरी रामसेवकको नाउँमा दर्ता गरिदिएका थिए । करोडौँ मूल्यको सोही जग्गाको लोभमा परेर सौतेनी आमा शकुन्ती र भाइ रामपुकारले दवाव दिएर बाबुलाई मृत्युदर्ता गर्न लगाएको अहिले थाहा भएको छिमेकी रामप्रसाद रायले बताए । एक वर्षअघि घर आएको आपूmलाई सौतेनी आमा र भाइले नचिन्ने बताएपछि रामसेवक अहिले बिलखबन्दमा परेका छन् ।
    ‘‘बाबु देहान्त भगेल, माय आ भाइ नई चिनल बतौलक (बाबु मरिहाले, सौतेनी आमा र भाइले नचिन्ने बताए)। ’’ आँखाको आँशु पुछ्दै रामसेवकले भने, ‘‘कि करु ? घर अछैत अखैन मन्दिर में रहिक गामघर टहलैत खाए परैय’’ ( के गरौँ ? घर हुँदै बेघर भएर मन्दिरमा आश्रय लिएको छु, गाउँ चहारेर खाँदैछु ।)”

    उनले आफ्नो मृत्युदर्ता बदर गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि कार्यालयले व्यक्तिगत घटना दर्ता सङ्घीय मामिला मन्त्रालयको पञ्जीकरण विभागसँग जोडिएकाले जिल्लामा स्थानीय विकास अधिकारीसँगको समन्वयबाट समस्या निराकरण हुने जनाएको छ । ‘‘प्रपञ्च रचेर जिउँदो मान्छे मरेको घटना दर्ता गर्ने गराउने कार्वाहीमा पर्छन्’’, प्रजिअ उमेशकुमार ढकालले सञ्चारकर्मीको जिज्ञासामा भने, ‘‘यहाँ (जिल्ला)का स्थानीय विकास अधिकारी कामविशेषले बाहिर हुनुहुन्छ, उहाँ फर्केपछि यथार्थ बुझेर सच्याइनेछ ।’’

    जिउँदो मान्छेको मृत्यु दर्ता गर्ने गराउनेविरुद्ध जिल्ला अदालतमा मृत्यु दर्ता खारेजीसँगै जालसाँजी मुद्दा दायर गर्न र अंश कायमको मुद्दा चलाउन सकिने यहाँका कानून व्यवसायीले बताए ।

    पहिलो चरणमा जिउँदो मान्छेको मृत्यु दर्ता गर्ने निकायलाई नै बदर गर्ने अधिकार रहेको अधिवक्ता उद्धव क्षत्रीले जानकारी दिए । यसअघि उक्त नगरपालिका–६ वडा कार्यालयले रामसेवकको मृत्यु दर्ता खारेजीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन इन्कार गरेकोे पीडित रामसेवकको भनाइलाई उद्धृत गर्दै अधिवक्ता क्षत्रीले स्पष्ट पारे ।

    जिप्रका र कानून व्यवसायीले कानूनी उपचारको बाटो बताए पनि पैसा नभई कुनै काम अघि नबढ्ने गुनासो गर्दै पीडितले भने, ‘‘मन्दिरमा बसेको छु, खाने पिउने ठेगान छैन । एक वर्षदेखि कैयौँ ठाउँ धाइसक्दा पनि इन्साफ नपाउँदा मन मर्दै गएको छ । ’’ नगरपालिका प्रमुख सुनिलकुमार यादवले आफूमा यस्तो गुनासो लिखित वा मौखिक कसैले नगरेकाले सोबारे केही थाहा नभएको बताए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...