News Portal

  • शिक्षा पत्रकारद्वय गाउँले र घिमिरे पुरस्कृत

    नेपालवाल संवाददाताकाठमाडौं, २८ साउन
    ८३९ पटक
    काठमाडौं, २८ साउन

    शिक्षा पत्रकारद्वय रोशन क्षेत्री गाउँले र विनोद घिमिरेलाई यस वर्षको राष्ट्रिय शिक्षा पत्रकाररिता पुरस्कार प्रदान गरिएको छ ।
    आजको शिक्षा साप्ताहिकका गाउँले र काठमाडौं पोष्टका घिमिरेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले दश हजार राशीको सो पुरस्कार प्रदान गरेका हुन् ।
    शिक्षालयले हरेक वर्ष प्रदान गर्दै आएको वाइवाइ शिक्षा पुरस्कार अन्तर्गत १३ विधामा १६ वटा पुरस्कार प्रदान गरिएको थियो ।
    जसमा स्कुल अफ दिन एयर पुरस्कार सामुदायिक विद्यालय तर्फ विश्व निकेतन मावि, त्रिपुरेश्वर, काठमाडौं र संस्थागत विद्यालय तर्र्फ मदरल्याण्ड स्कुल पोखरालाई प्रदान गरिएको छ । उत्कृष्ट शिक्षक पुरस्कार सुरेन्द्र घिमिरेलाई प्रदान गरिएको छ ।
    कलेज एक्सिलेन्स अवार्ड गोल्डेनगेट कलेज पुरानोबानेश्वर, शिक्षामा योगदान गरेबापत प्रदान गरिने कन्ट्रिब्युसन अवार्ड ब्रिटिस काउन्सिल नेपाललाई प्रदान गरिएको छ ।
    काममा लगनीशिल भएवापत पाइने डेडिकेसन अवार्डबाट शिक्षासेवी डा. लेखनाथ पौडेल सम्मानित भएका छन् । गुडवील एचिभमेन्ट अवार्ड सेन्ट जेभियर्स स्कुल, गोदावरीले पाउन सफल हुँदा र क्रियटिभ अवार्ड नामी कलेज जोरपाटीलाई प्रदान गरियो ।
    एजुकेशन भिजन अवार्ड डा. भोला दाहाललाई र प्रिन्सिपल अफ दि एयर अवार्डबाट लिटिल एन्जेल्स स्कुलका प्रिन्सिपल, मुकुन्द शर्मालाई सम्मानित गरिएको छ ।
    एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएबापत प्रदान गरिने पच्चिस हजार नगद राशीको ज्ञान उदय छात्रवृत्ति पुरस्कार सितलादेवी सामुदायिक विद्यालय कास्कीका अर्चना सापकोटा र पोखरिया मावि विराटनगरका समिक्षा नेपाललाई प्रदान गरिएको छ । उनीहरुले एसइइ परीक्षामा सर्वाेकृष्ट नतिजा जिपिए ४ ल्याएका थिए ।
    यसैगरी, नेशनल एजुकेशन लाइभटाइम एचिभमेन्ट अवार्ड बुटवलका शिक्षाप्रेमी लोकनाथ उपाध्यायलाई प्रदान गरियो । सबैलाई शिक्षामन्त्री पोखरेलले पुरस्कार एवं सम्मान प्रदान गरेका थिए ।
    पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सामाजिक न्यायमा आधारित समृद्ध मुलुक निर्माणका लागि शिक्षालाई पुनर्गठन गर्न जरुरी रहेको बताए । शिक्षामा भएका खाडलहरु नपुरे समृद्ध मुलक नबन्ने भन्दै उनले माध्यमिक तहसम्मको उत्पादनलाई प्रविधि र सीपयुक्त बनाउन आफु लागिरहेको स्पष्ट पारे । उनका अनुसार प्राविधिक धारको विकासका लागि मन्त्रालयले छुट्टै कार्यदल बनाएर काम गरिरहेको छ ।
    शिक्षालय मासिक पत्रिकाका प्रधान सम्पादक तथा कार्यक्रमका अध्यक्ष श्याम तण्डुकारले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने भएकाले सामुदायिक र निजी भनेर विभेद गर्न नहुने बताए । निजीले गुणस्तरीय शिक्षा दिन्छ भने कसैले टाउको दुखाउन नपर्ने उनको भनाइ थियो ।
    कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्र्रका महानिर्देशक बाबुराम पौडेल, नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, प्याब्सनकी उपाध्यक्ष दिपिका रिमाल, शिक्षा पत्रकार समूहकी अध्यक्ष रोश्ना सुब्बा, ग्लोबल एक्सन नेपालका निर्देशक बाबुकाजी श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा शुक्रवारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...

    सहकारी मार्फत कारखाना खोल्नु आवश्यक : बिजुक्छेँ

    narayanman bijukchhen

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको अशक्त र असहाय नागरिकहरुलाई अब...

    भक्तपुरमा डाक्टरहरुको बिरोध प्रदर्शन

    देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

    city scan thimi

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट...