News Portal

  • प्राविधिक तथा व्यवसायिक शिक्षा विपन्नको पहुँचमा

    नेपालवाल संवाददाताभक्तपुर, २८ साउन
    ९३० पटक
    भक्तपुर, २८ साउन

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको पहलमा ९५ सामुदायिक विद्यालयले प्राविधिक शिक्षा पठन पाठनको स्विकृती् प्राप्त गरेका छन । मन्त्री पोखरेलको अध्यक्षतामा सोमबार बसेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् बैठकले विभिन्न जिल्लाका ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठन पाठनको स्विकृती दिने निर्णय गरेको हो ।

    बैठकले विभिन्न ८ जिल्लामा पोलिटेक्निकल इन्स्टिच्युट खोल्ने निर्णयसमेत गरेकोे छ । महोत्तरीको बर्दिबास, चितवनको माडी, स्याङ्जाको वालिङ्, रुकुमको चौरजहारी, सल्यानको खलंगा, बझाङको अटेला, अर्घाखाँचीको चवेक र दाङको घोराहीमा पोलिटेक्निकल इन्स्टिच्युट खोल्ने निर्णय भएको सदस्य सचिव पुष्प रमण वाग्लेले बताए ।

    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सीटीइभीटी)को सम्बन्धनको बिषयलाई लिएर मन्त्रीहरु बिबादित भैरहदा पोखरेलको प्राथमिकतामा भने सामुदायिक विद्यालय परेपछि निर्णय बिबादरहित बनेको छ । यस अघि पनि शिक्षा मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री पोखरेलले अहिलेसम्म निजीलाई स्वीकृति प्रदान नगरेको बताइएको छ ।

    निजी क्षेत्रमा स्वीकृति दिएर प्राविधिक शिक्षालाई महँगो र विपन्नको पहुँचबाट टाढा पुर्याइएको आवाज उठिरहदा आजको निर्णयले सकारात्मक संदेश दिने मन्त्रीका सल्लाहकार जीवन गौतमको जिकिर छ । बेरोजगारीको समस्या हल गर्न प्राविधिक तथा व्यवसायिक शिक्षाको बिकल्प नभएको भन्दै सल्लाहकार गौतमले बिपन्न विद्यार्थीहरुले अझ सजिलै प्राविधिक शिक्षा पढ्न सक्ने बातावरण बनाउन थप पहल गरिने बताए ।

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...