News Portal

  • आन्दोलनको पर्याय जस्तै बनेका अस्थायी शिक्षकहरु पुन: आन्दोलित हुने उद्घोष

    नेपालवाल संवाददाताकाठमाडौं, २९ साउन
    ७४५७ पटक
    काठमाडौं, २९ साउन

    आन्दोलनको पर्याय जस्तै बनेका अस्थायी शिक्षकहरु पुन: आन्दोलित हुने भएका छन । आन्तरीक प्रतिस्पर्धाको नाममा अस्थायी शिक्षकहरुमाथि अन्याय गरिएको आरोप लगाउदै उनीहरु आन्दोलित हुने भएका हुन् ।

    सोमवार संयुक्त अस्थायी/करार शिक्षक केन्द्रिय संघर्ष समितिद्वारा राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा आफ्नो पेशागत सुरक्षाको लागि आन्दोलनको बिकल्प नभएको निष्कर्ष निकालिएको हो ।

    देशभरबाट आएका अस्थायी/करार शिक्षक केन्द्रिय संघर्ष समितिका शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा अस्थायी शिक्षकहरुलाई आन्तरीक परीक्षाको नाममा ३ श्रेणी बनाएर विभेद गरिएको भन्दै परीक्षा प्रणालीप्रति असन्तुष्टि व्यक्त गरिएको थियो ।

    ”फुटाउ र राज गर ” भन्ने तानाशाही नीति मै लोकतान्त्रिक भनिने सरकार चल्नु दुखद भएको बताउदै बक्ताहरुले सबै अस्थायी शिक्षकहरु प्रति समान व्यवहार गरिनुपर्ने जिकिर गरे ।

    उक्त अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता समेत रहेका नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षक सेवा आयोग नियमावली संसोधन गरेर अस्थायी शिक्षकको माग सम्वोधन गर्न सकिने बताएका थिए । उनले महासंघ सधै सबै शिक्षकहरुको हक हितका लागि लागिपरेको दावी गर्दै अस्थायी शिक्षकको व्यवस्थापनमा केहि कमजोरी भएको तर त्यसलाई हल गर्न महासंघले कुनै कसर बाँकी नराख्ने बताए ।

    कार्यक्रममा आफ्ना धारणा राख्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले अस्थायी शिक्षक संघर्ष समितिको माग प्रति ऐक्यबद्धता जनाएका छन । संबिधानसमेत असंसोधनीय नरहेकोले ऐन नियम संसोधन गरेर भएपनि अस्थायी शिक्षकको माग पुरा गर्नुपर्ने उनको भनाइ रहेको छ । अधिकारीले आफ्नो संगठन सत्तारुढ दल निकट भएपनि अन्यायको मतियार बन्न नसक्ने बताउदै अस्थायी शिक्षकको न्यायको लडाइमा सधै साथ् रहने उद्घोष समेत गरे ।

    त्यसैगरी नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंसबहादुर शाहीले ३ नम्बरको बिज्ञापन अनुसार परीक्षा दिएका अस्थायी शिक्षक र परीक्षा नै बहिस्कार गरेका अस्थायी शिक्षकको हितको रक्षा गर्न सबै एकजुट भएर लागे असम्भव नभएको बताए भने नेपाल शिक्षक संघका ३ नम्बर प्रदेश अध्यक्ष नारायण तिमल्सिनाले संघीय कानुनमा व्यवस्था गरेर भएपनि अस्थायी शिक्षकको माग सम्बोधन हुनुपर्नेमा जोड दिए ।

    शिक्षकका विभिन्न पेशागत संघ संगठनका प्रतिनिधि, नेपालवालका सम्पादक लगायत अतिथिको रुपमा उपस्थित उक्त अन्तरक्रियामा इच्छाविपरीत कुनै पनि शिक्षकले जागिरबाट हात धुनु पर्ने अवस्था ट्रेड युनियनवादको मात्र नभई न्यायको समेत बिरुद्धमा भएको निष्कर्ष निकालिएको थियो ।

    अस्थायी/करार शिक्षक केन्द्रिय संघर्ष समितिका अध्यक्ष हेमनाथ चौलागाईको अध्यक्षतामा संचालित कार्यक्रममा नेता कमल काफ्लेले कार्यक्रमको औचित्वबारे प्रकाश पारेका थिए भने कार्यक्रम संचालन बेद अधिकारीको रहेको थियो ।

    हेर्नुस् अस्थायी/करार शिक्षक केन्द्रिय संघर्ष समितिको माग

    Nepallwall लाई फेसबुकमा लाइक गरी फेसबुकमै खबर प्राप्त गर्न सकिनेछ । 

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...