News Portal

  • असई हत्याको आरोप लागेका राज्यमन्त्री साधारण तारेखमा रिहा

    जनकपुर, २९ साउन
    ७९८ पटक
    जनकपुर, २९ साउन

    सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्या गरेको आरोपमा फरार रहँदै आएका भनिएका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालार्ई सोमबार जिल्ला अदालत जलेश्वरले साधारण तारेखमा राख्नु भन्ने आदेश जारी गरेको छ ।

    महोत्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश बज्रेश प्याकुरेलको इजलाशले राज्यमन्त्री शर्मालाई मुलुकी ऐन अदालती बन्दोबस्तको ४७ नं. बमोजिम सधारण तारेखमा राख्नु भनी आदेश भएको अदालतका श्रेष्तेदार रामानन्द अधिकारीले जानकारी दिए ।

     सोमबार साँझ भएको आदेशमा भनिएको छ,‘..तथ्य र मिसिल संलग्न तत्काल प्राप्त प्रमाण अर्थात जाहेरी र घटना वारदात देख्ने एम्बुलेन्सका चालक, संगै जाने सुरक्षाकर्मी तथा अस्पतालका कर्मचारीको व्यहोरा, घटना विवरणका व्यक्तिहरुको भनाई लगायत प्रतिवादीको आज यस अदालतमा भएको वयान व्यहोरा समेतबाट यी प्रतिवादीको बारदातमा प्रत्यक्ष संलग्न भएको भन्ने पुष्टि हुने आधार देखिएन । केवल प्रतिवादीको मोबाइलको कल डिटेल्सले निज वारदातको लोकेसनमा रहेको भन्ने आधारबाट मात्र निजको वारदातमा संलग्नता रहेको अनुमान गर्न मिल्ने अवस्था देखिएन । अतः पछि बुझदै जाँदा ठहरे वमोजिम हुने गरी निज प्रतिवादी अभिराम शर्मालाई हाल मुलुकी ऐन अदालती बन्दोवस्तको ४७ नं. बमोजिम तारेखमा राख्नु भनि यो आदेश गरिदिएको छ ।’

    झण्डा लागेकै गाडीमा अदालत समयमा हाजिरी भएका राज्यमन्त्री शर्माले जिल्ला न्यायाधीश समक्ष एक नं. इजलाशमा वयान दिएका थिए । उनले वारदातको समयमा आफु ससुरा विरामी भएको कारणले ससुराली घर पिपरा रहेको सो वारदातमा आफु संलग्न नभएको वयान दिएका थिए । उनको वयानपश्चात थुनछेक आदेशको लागि वहस भएको थियो ।

    राज्यमन्त्री शर्माको तर्फबाट अधिवक्ताहरु ज्ञानेन्द्र लाल कर्ण, रमेश पाण्डे तथा देवेन्द्र ठाकुर निरालाले तथा नेपाल सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता सुदिपकुमार दंगालले बहस गरेका थिए ।

    विं.सं. २०७२ सालमा भएको मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक थमनबहादुर विकलाई भदौं २५ गते आन्दोलनकारीहरुले उपचारको लागि जनकपुर लैजादै गर्दा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको घटनामा राज्यमन्त्री शर्मा फरार अभियुक्तको सूचीमा रहेका थिए । हत्या तथा एम्बुलेन्समा आगजनी गरिएको घटनामा प्रहरीले २८ जनामाथि कर्तव्य ज्यान तथा २५ जनामाथि एम्बुलेन्समा आगजनीको मुद्दा दर्ता गरेका थिए ।

    प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न आलटाल गर्दै गएपछि मृतक सशस्त्र प्रहरीका असई थमन विश्वकर्माकी पत्नी शोभा गहतराजले पुनः रिट हालेपछि यही १५ गते मंगलबार मात्रै उच्च अदालत जनकपुरका न्यायधीशद्वय माघवप्रसाद पोखरेल र डा.रवि शर्मा अर्यालको इजलासले अभियुक्तहरुलाई पक्राउ गर्न परमादेश जारी गरेको थियो ।
    सो परमादेशपश्चात चारैतर्फबाट दवाव बढेपछि पार्टीको आदेशानुसार राज्यमन्त्री शर्मा अदालतमा हाजिरी भएका थिए ।
    यो भन्दा अगाडी मात्रै सोही घटनामा जलेश्वर नगरपालिका वडानं. ३ बस्ने २५ वर्षिय सञ्जय कुमार साह, जलेश्वर नगरपालिका वडानं. २ बस्ने वर्ष ३० का प्रदिप साह माझी र फुल्हट्टा परिकौली गाविस ३ हाल जलेश्वर नगरपालिका वडा नं. १७ का वर्ष ५५ का मोहन ठाकुर पक्राउ परेका थिए । पक्राउ परेका मध्ये मोहन ठाकुर अहिले साधारण तारेखमा रहेकाे मधेसवाणीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...

    प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    गृहमा रविले नसकेको रेकर्ड राख्न श्रेष्ठ सफल : पहिलो निर्णयले नै जोगियो देशको दैनिक पाँच लाख

    गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा गृहमन्त्री र गृहसचिवले खर्च गर्न पाउने...

    अरनिको हाइवेस्थित पलासेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन

    भक्तपुरको अरनिको हाइवेस्थित सूर्यविनायक ९ पलासेचोकमा सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ...

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...