News Portal

  • इलाका प्रशासन कार्यालय हरिवनले उठायो ७५ लाख : एक वर्षमा ४३ अंगिकृत नागरिकता प्रदान

    प्रेमनाथ पाैडेलसर्लाही, ३१ साउन
    १६८४ पटक
    सर्लाही, ३१ साउन

    सर्लाहीको हरिवनस्थित इलाका प्रसासन कार्यालयले ७४ लाख भन्दा बढी राजस्व असूली गरेको छ । यसले आर्थिक बर्ष २०७४/०७५ को अबधीमा ७४ लाख भन्दा बढी राजश्व उठाएको हो ।

    बि.स. २०६३ सालबाट हरिवनमा इलाका प्रशासन कार्यालयको स्थापना गरिए संगै विभिन्न सेवा दिन शुरु गरेको इलाका प्रशासन कार्यालय हरिवनले विभिन्न सेवा दिए बापत ०७४/७५ को श्रावण १ देखि असार ३२ गते एक बर्षको अबधी मा ७४ लाख २५ हजार राजश्व उठाउन सफल भएको जनाएको छ ।

    प्रसाशन कार्यालय हरिवनका शाखा प्रमुख दिपक कुमार आचार्यले दिएकाे जानकारी अनुसार एक बर्षको अबधीमा बंशज नागरिकता मात्रै ५ हजार ९ सय ४० दिइएको छ भने बैबाहिक अंगिकृत नागरिकता ४३, प्रतिलिपी नागरिकता २ हजार ७ सय ४७, दलित आदिबासी जनजाती प्रमाणित १ सय ४३ .ठाडो उजुरी काम कार्बाही ६०, द्रुत राहदानी २ हजार ३९ नियमित राहदानी १ हजार ४ सय ४५ वटा बितरण गरेको जनाइएको छ ।

    त्यस्तै सोही अबधीमा इलाका प्रशासन कार्यालय ले ११ वटा संघ सस्था दर्ता र १४ वटाको नबिकरण गरिएको प्रशासनका सुचना अधिकारी दिलिप कुमार थापाले जानकारी दिएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...