News Portal

  • प्रअ अनैतिक परेपछि थुनामा राख्न अदालतको आदेश

    नेपालवाल संवाददातापर्वत, ३ भदाै
    १३४१ पटक
    पर्वत, ३ भदाै

    आफ्नै विद्यार्थीमाथि अनैतिक व्यवहार गरेको अभियोग लागेका प्रधानाध्यापक पुर्पक्षको लागि थुनामा परेका छन् । आफैँले अध्यापन गराउने बालिकामाथि अप्राकृति मैथुन गर्ने प्रअ पुर्पक्षका लागि थुनामा परेका हुन् ।

    जिल्लाको फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतले कारागार चलान गरेको हो । जिल्ला न्यायाधीश दयाराम पोखरेलको इजलासले पुर्पक्षमा राखी अनुसन्धान गर्न आदेश दिएपछि पौडेललाई कारागार चलान गरिएको छ ।

    उनले उक्त प्राविमा अध्ययनरत सातदेखि बाह्र वर्ष उमेरका बालिकालाई एक बर्षदखि ललाई फकाई यौनाङ्ग खेलाउन र मुख मैथुन गर्न लगाउने गरेको खुलासा भएको थियो । पिडित ४ बालिकाहरुले घरमा उनको कर्तुतबारे जानकारी गराएपछि साउन ६ गते गाउँलेहरूले प्रअलाई कालो मोसो र जुत्ताको माला लगाई गाउँ घुमाएका थिए ।

    कालो मोसो र जुत्ताको माला लगाई गाउँ घुमाएपछि सोहिदिन प्रअ पौडेललाई फलेबासस्थित प्रहरी चौकीमा बुझाइएको थियो । उनको विरुद्धमा परेको मुद्दाको अन्तिम फैसला नहुन्जेल पुर्पक्षमा राखि अनुसन्धान गर्न अदालतले आदेश दिएको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...