News Portal

  • लखन्देही पुल नजिक टिपर पल्टियो

    प्रेमनाथ पाैडेलसर्लाही, ३ भदाै
    १२७१ पटक
    सर्लाही, ३ भदाै

    पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा आईतबार विहान एक टिपर दुर्घटनामा परेको छ । इश्वरपुरबाट वीरगन्जको लागि क्रसरबाट निकालिएको बालुवा लिएर आउदै गर्दा नवलपुरको लखन्देही पुल नजिक टिपर दुर्घटनामा परेको हो ।

    बालुवा लिएर आएको ना ३ख ८२१२ नम्बरको टिपर दुर्घटना हुदा टिपरमा सामान्य क्षति पुगेको भए पनि मानवीय क्षति हुन नपाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब निरीक्षक सन्त श्रेष्ठले जानकारी गराएका छन् ।

    दुर्घटनामा परेको सवारीसाधन र चालक इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मेग्जन लामाले बताए । दुर्घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सिरोहियाको पक्षमा उभिए सांसद थापा : ओलीमाथि आक्रोश, प्रचण्डप्रति गुनासो

    नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष...

    अनुमती मागेरै रोए महर्जन

    ललितपुर, १० जेठ २०८१ । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो...

    स्थानीयले नियन्त्रणमा लिए मालबाहक टिपर

    बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई...

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...

    पाँचखालमा प्रदेश स्तरीय स्काउट क्याम्प हुने

    काभ्रेको पाँचखालमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ । नेपाल स्काउट पाँचखाल नगर...