News Portal

  • सर्लाहीका नुहाउन गएका दुई बालिकाको मृत्यु

    प्रेमनाथ पाैडेलसर्लाही, ४ भदाै
    १६५५ पटक
    सर्लाही, ४ भदाै

     

    सर्लाहीको मनुस्मारा खोलामा नुहाउन गएका दुई बालिकाको खोलामा डुबेर ज्यान गएको छ । जिल्ला को दक्षिण पश्चिम क्षेत्रमा पर्ने मनुस्मारा खोलामा नुहाउन गएका दुई बालिकाको खोलामा डुबेर ज्यान गएको हो ।

    ज्यान जाने बालिकाहरुमा बरहथवा नगरपालिका -१२ का दिनकर ठाकुरको ५ बर्षिया छोरी रुपा ठाकुर र सोहि ठाउँ बस्ने नरेश ठाकुरको ६ बर्षिया छोरी शिवानी ठाकुर रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक अमोद फेरवारले बताएका छ्न ।

    केहि दिन यता बढेको अत्याधिक गर्मीका कारण शनिवार दिउसो खोलामा नुहाउन पुगेका दुई बालिका खोलामा डुबेर बेपता भएका र उनीहरुको खोजी गर्ने क्रममा आईतबार दिउसो मृत अबस्थामा  शव फेला परेको  प्रहरी निरीक्षक  फेरवारले जानकारी दिए।

    खोलाले बगाएर बेपता भएका दुई बालिका मध्ये रुपाको शव शनिवार नै फेला परेको भए पनि सिवानीको आईतबार दिउसो मात्रै फेला परेको सर्लाही प्रहरीले जनाएको छ । छोरीको मृत्यु पछि अहिले ठाकुर परिवारका साथै  गाउँ शोकमा डुबेको छ ।

    पछिल्लो समय जिल्लामा गर्मी छल्न खोला तथा पोखरीमा नुहाउन जाने क्रम बढेसंगै बालबालिकाको डुबेर तथा बगाएर ज्यान जाने जोखिम बढेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोख्रेल ले बताएका छन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...