News Portal

  • ३३ मुद्दा सीडीओकै हातमा

    काठमाडौं, ५ भदाै
    ९५२ पटक
    काठमाडौं, ५ भदाै

    सङ्घीय संरचनामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को पद खारेजी समेतका माग उठिरहेका बेला भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले भने सीडीओलाई उत्तिकै शक्तिशाली कायम राखेको छ । हालै कार्यान्वयनमा आएको अपराध संहिताको व्यवस्था अनुसार अझै ३३ विषयका मुद्दा सीडीओकै क्षेत्रधिकारमा पर्ने भएका छन् । जिल्ला अदालतमा कारबाही चल्ने मुद्दामा लगाउ भएको अवस्थाबाहेकका एक वर्षभन्दा कम सजाय हुने मुद्दा सीडीओको क्षेत्रधिकारमा परेका हुन् ।

    सीडीओले हेर्ने मुद्दाहरुको विवरण कानुन, न्याय तथा संसदीय मन्त्रालय मन्त्रालयले राजपत्रमा प्रकाशनका लागि पठाइसकेको छ । संविधानले एक वर्षभन्दा कम सजाय हुन सक्ने फौजदारी मुद्दा हेर्ने अधिकार सीडीओ लगायतका अर्धन्यायिक निकायलाई पनि दिएको छ ।
    फौजदारी कार्यविधि २०७४ को दफा १६९ ले अपराध संहितामा उल्लिखित मुद्दा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी मुद्दा हेर्ने अधिकारी तोकिदिएको अवस्थामा सोही अधिकारीले हेर्ने व्यवस्था गरेको छ । संहिताको उक्त व्यवस्था अनुसार राजपत्र प्रकाशनको तयारी गरिएको हो ।

    तयारी अनुसार अपराध संहिताको दफा ७३ उल्लेखित आवश्यक वस्तु तोडफोड वा हानी नोक्सानीमा सजाय हुने कसुर बाहेकका अन्य सार्वजनिक कसुरका मुद्दा हेर्ने अधिकार सीडीओलाई दिइएको छ । जसमा गैरकानुनी भेला गर्न नहुने, भेला रोक्न जारी आदेश भङ्ग गर्ने, हुलदङ्गा गर्न दुरुत्सान दिने, सार्वजनिक स्थानमा शान्ति खालल पार्ने लगायतका कसुरका मुद्दा सीडीओले हेर्नेछन् ।
    यस्तै, अपराध संहिताको दफा ६६ को राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने, दफा ६९ को कफ्र्यू उल्लङ्घन गर्न नहुने, दफा ७० को झुठा अफवाह फैलाउन नहुने, दफा ७१ को शान्ति भङ्ग गर्न घरजग्गा वा सवारी दिन नहुने, र दफा ७२ को संवेदनशील सार्वंजनिक क्षेत्रमा मसाल जुलुस गर्न नहुने विषयका मुद्दा सीडीओले हेर्नेछन् ।

    यस्तै, मुलुकी अपराध संहिताको दफा ८४ को झुठा जानकारी दिन नहुने, दफा ८५ को बाधा विरोध गर्न नहुने, दफा ८६ को राष्ट्रसेवकलाई मद्दत गर्न इन्कार गर्न नहुने, दफा ८७ को आदेशको अवज्ञा गर्न नहुने विषयसँग सम्बन्धित कसुरका मुद्दा हेर्ने अधिकार पनि सीडीओलाई हुनेछ ।
    यस्तै, दफा ११३ को सार्वजनिक बाटो नदी, वा स्थलमा खतरा पु¥याउन नहुने, दफा ११६ को पशुपन्छी राख्दा लापरबाही गर्न नहुने, दफा ११७ को पशुपन्छी छाडा छाड्न नहुने, दफा ११८ को अभद्र व्यवहार गर्न नहुने, दफा १२२ को सार्वजनिक स्थलमा यौनाङ्ग प्रदर्शन गर्न नहुने, दफा १२३ को सार्वजनिक स्थलमा यौन क्रिया गर्न नहुने विषयसँग सम्बन्धित कसुरका मुद्दा पनि सीडीओको क्षेत्रधिकारमा पर्नेछन् ।
    यस्तै, संहिताको दफा १२४ को सार्वजनिक उपद्राईं गर्न नहुने, दफा १२५ को जुवा खेल्न तथा सट्टेबाजी गर्न नहुने सम्बन्धी कसुरका मुद्दा पनि सीडीओले नै हेर्नेछन् । दफा १२५ को उपदफा ४ अन्तर्गतका मुद्दा भने सीडीओको क्षेत्रधिकारमा पर्ने छैनन् ।
    यस्तै, संहिताको दफा २९० को पशुपन्छीप्रति निर्दयी व्यवहार प्रकट गर्न नहुने, दफा २९१ को सार्वजनिक स्थलमा पशु वा पन्छी मार्न नहुने विषयसँग सम्बन्धित कसुर पनि सीडीओको क्षेत्रधिकारमा नै पर्नेछन् ।
    यस्तै, संहिताको दफा ७५ को अदालतको समाह्वान, इतलायनामा तामेलीमा बाधा पु¥याएको, दफा ७६ को समाह्वानको सूचना बुझ्न इन्कार गरेको वा बाधा पु¥याएको, दफा ७७ को आदेश तामेल गर्न नदिई छली हिँडेको, दफा ७८ को म्याद सूचना च्यातेको वा उप्काएका विषयसँग सम्बन्धित कसुरमा पनि लाग्ने मुद्दा पनि सीडीओको क्षेत्रधिकारमा पर्नेछन् ।

    यस्तै, दफा ७९ को झुठो तरिकाले म्याद तामेल गरेको, दफा ८२ को शपथ गर्न इन्कार गरेको, दफा ८३ को जवाफ दिन इन्कार गरेको दफा ९८ को झुठा उजुरी दिएको, र दफा १०० को जमानत शर्तविपरीत अनुपस्थित रहेको विषयसँग सम्बन्धित विवादका मुद्दा पनि सीडीओको क्षेत्रधिकारमा पर्ने गोरखापत्रमा नारायण काफ्लेले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा शुक्रवारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...

    Municipality welcomes the first group to enter Bhaktapur city

    bhaktapur welcomes

    On the occasion of World Tourism Day, the first group to enter Bhaktapur has been...

    सहकारी मार्फत कारखाना खोल्नु आवश्यक : बिजुक्छेँ

    narayanman bijukchhen

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको अशक्त र असहाय नागरिकहरुलाई अब...

    भक्तपुरमा डाक्टरहरुको बिरोध प्रदर्शन

    देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

    city scan thimi

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट...