News Portal

  • झन् बल्झदै कञ्चनपुर : प्रहरीकाे गाेली लागी १३ वर्षीय किशोरको ज्यान गयो

    नेपालवाल संवाददाताकञ्चनपुर, ८ भदाै
    ८०४ पटक
    कञ्चनपुर, ८ भदाै

    कञ्चनपुरमा प्रहरीकाे गाेली लागेर एक बालककाे मृत्यु भएकाे छ । विगत केहीदिनदेखि तनावग्रस्त कञ्चनपुरकाे सदरमुकाम महेन्द्रनगरमा अाजकाे झडपले झन ठूलाे रुप लिएकाे हाे ।

    बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै उनका अाफन्तहरुले गरेकाे प्रदर्शनमाथि प्रहरीले अाज पनि हस्तक्षेप गरेपछि यस्ताे परिस्थिति अाएकाे हाे । यसअघि पनि प्रहरीकाे गाेली लागेर केही व्यक्ति घाइते समेत भएका थिए ।

    प्रहरीकाे गाेली लागेर घाइते हुने कञ्चनपुरकाे भीमदत्तनगरपालिका भासीका १३ वर्षीय किशोर भट्ट रहेका छन् । साथै गोली लागेर अन्य २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा भीमदत्त नगरपालिकाकै युवराज भट्ट र मनोज खड्का रहेका छन् ।

    करिव ८ राउण्ड भन्दा वढी फायर गरिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको हो ।

    निर्मला पन्तको हत्या प्रकरणमा एमाले नेता भीमबहादुर रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो । नेता रावलले कांग्रेसले निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...