News Portal

  • आफूलाई राज्यबाट खतरा रहेको विमानस्थलबाट फर्काइएका बालसेना बिष्टको गुनासो

    नेपालवाल संवाददाताकाठमाडौं,८ भदाै
    २०२३ पटक
    काठमाडौं,८ भदाै

    अनमिनले अयोग्य लडाकु ठहर गरेपछि बहिर्गमनमा परेका पूर्व बालसेना लेनिन बिष्टले आफूलाई राज्यबाट खतरा रहेको बताएका छन् । शुक्रवार सरकारले उनलाई विदेश भ्रमणमा रोक लगाई एअरपोर्टबाट फ़र्काइदिएपछि दु:खी देखिएका बिष्टले आफूलाई राज्यबाट खतरा रहेको दुखेसो पोखेका हुन् ।

    एक अन्तरास्ट्रिय कार्यक्रममा भाग लिन थाइल्याण्ड जान लागेका बिष्टलाई आज बिहान एअरपोर्टमा रोकिएको थियो । उनले नेपालमा कहिँ कतैबाट उक्त सेमिनारमा जान स्वीकृती नलिएको कारण देखाउदै उनको यात्रामा रोक लगाइएको थियो ।

    बिष्टले भने आफूले अन्तरास्ट्रिय कार्यक्रममा बालसेनाको कुरा उठाउने आशंकामा सरकारले गैकानुनी हर्कत गरेको दावी गरे । यस अघि पनि आफूलाई झुट्टा मुद्दामा फसाएको जिकिर गर्दै बिष्टले राज्यले शक्ति देखाएर एक नागरिकको स्वतन्त्रता माथि धावा बोलेको आरोप लगाए ।

    ”राज्य नै मेरो बिरुद्ध लागेको छ । म एक्लो व्यक्तिले के नै गर्नु सक्छु र । मेरो इन्काउन्टर पनि हुनसक्छ । मलाई राज्यबाट खतरा छ ।” बिष्टले बताए ।

    प्रतिकृया दिनुहोस्

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...

    प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    गृहमा रविले नसकेको रेकर्ड राख्न श्रेष्ठ सफल : पहिलो निर्णयले नै जोगियो देशको दैनिक पाँच लाख

    गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा गृहमन्त्री र गृहसचिवले खर्च गर्न पाउने...

    अरनिको हाइवेस्थित पलासेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन

    भक्तपुरको अरनिको हाइवेस्थित सूर्यविनायक ९ पलासेचोकमा सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ...

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...