News Portal

  • बुटवल बजारलाई रात्रीकालिन बनाइने

    चन्द्रकान्त खनालरुपन्देही, १२ भदाै
    ९४८ पटक
    रुपन्देही, १२ भदाै

    पश्चिम नेपालको केन्द्र बिन्दु बुटवल बजारलाई नमुना र रात्रीकालिन बजार बनाइने भएको छ ।

    उपमहानगरपालिकाले बजारलाई पहिलो र दोश्रो चरणमा नमुना र रात्रिकालिन बनाउने तयारी गरेको हो ।

    पहिलो चरणमा अमरपथ, रामन्दिरलाइन र संगम पथलाई र दोश्रो चरणमा अस्पतालदेखि उत्तर हाटवजारदेखि दक्षिणको बजारलाई रात्रीकालिन बनाउने योजना बुटवल उपमहानगरपालिकाले बनाएको छ ।

    उपमहानगरपालिकाले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा समेत रात्रीकालिन बजारलाई प्राथमिकता दिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए ।

    उपमहानगरपालिकाले नीति कार्यक्रममा सुरक्षा प्रवन्ध, सुलभ शौचालय, स्वच्छ पिउने पानी र यातायातको व्यवस्था सहित रात्रीकालिन बजार संचालन व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गरी कार्यान्यन गर्न पहल गर्ने स्पष्ट उल्लेख गरेको सुवेदीको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...