News Portal

  • दिनभर तनावग्रस्त देखिएको नमूना अस्पताल प्रतिवेदन नआउन्जेल नखोल्ने सहमती

    प्रेमनाथ पाैडेलसर्लाही, १६ भदाै
    ३१६५ पटक
    सर्लाही, १६ भदाै

    सुत्केरी महिलाको मृत्युपश्चात दिनभर तनाबग्रस्त देखिएको हरिवनस्थित नमूना अस्पतालमा प्रशासन र पीडित पक्षबीच सहमती भएको छ ।

    इलाका प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय भेलाले ७ दिन भित्र निष्पक्ष छानवीन गरि प्रतिबेदन बुझाउनको लागी जिल्ला अस्पताल मलंगवाका डाक्टर अविनाश सिंहको संयोजकत्वमा छानवीन समिति गठन गरेसंगै समस्या सुल्झिएको हो ।

    समितिमा जनप्रतिनिधि, नागरिक अगुवा, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष, मृतकका आफन्त लगायत सदस्य रहने गरि समिति गठन गरिएको छ ।

    समितिले प्रतिवेदन नबुझाउन्जेल अस्पताल नखोल्ने, सुत्केरीको उपचारमा संलग्न चिकित्सक र कर्मचारीलाई प्रहरी प्रशासनको निगरानीमा राख्ने, उपचारको क्रममा दोषी ठहरे कानुन अनुसार अस्पताल, चिकित्सक तथा कर्मचारीलाई हदै सम्म कार्बाही गर्ने सहमती भएको बताइएको छ ।

    बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पोषराज पोख्रेल ,ससस्त्र प्रहरीका प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठ, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख दिपक कुमार आचार्य, हरिवन नगरपालिकाकी उप प्रमुख एवम् न्यायिक समिति संयोजक रेणुका पौडेल, मृतक सुत्केरीका श्रीमान अनोज भनिने डम्बरबहादुर थापा लगायतको बीचमा सहमती भएको हो ।

    सहमती पश्चात साँझ नै शव पोस्ट मार्टमको लागि जिल्ला अस्पताल मलंगवा लगिएको हरिवन नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सुकदेव कार्कीले नेपालवाललाई बताए ।

    अस्पतालमा प्रसुति गराउन आएकी हरिवन-४ पटौनाका अनोज थापाकी अन्दाजी २९ वर्षकी श्रीमती अप्सरा थापाको ज्यान गएपछि उनका आफन्त र स्थानीय आक्रोशित बनेका थिए । दोषीलाई कार्बाही र क्षतिपुर्तीको माग गर्दै नाराबाजीमा उत्रेका मृतकका आफन्तले अस्पतालमा तोड्फोड र आगजनी गर्न थालेपछि प्रहरीले केहि सेल अश्रु ग्यासको साथै लाठी चार्ज गरि प्रदर्शनमा उत्रेकाे भीडलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले बल प्रयोग गर्दा राधिका सुबेदी ,नारायण सिग्देल ,हरिबहादुर कार्की लगायत घाईते भएकाे जानकारी प्राप्त भएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...