News Portal

  • काठमाडौंको सडकबारे मनहरीमा प्रचण्डले गरे नयाँ खुलासा

    रामकृष्ण शिवाकोटीमकवानपुर, २० भदाै
    ११६१ पटक
    मकवानपुर, २० भदाै

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्षायाम सकिएपछि काठमाडौँको सबै सडक स्तरोन्नति गरेर सफा र हराभरा बनाउने सरकारी योजना रहेको  खुलासा गरेका छन् । अब हिले र खाल्डे सडक होइन , चिल्ला फराकिला र राम्रा सडक सरकारले बनाएर देखाउने उनको दावी छ ।

    मनहरी–९ रजैयामा आज ओम श्री वातावरण शुद्धीकरण अभियान अग्निहोत्र आश्रमको वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै प्रचण्डले ५ वर्षभित्रमा समृद्ध नेपाल बनाउने जिकिर गरे । ” ६ महिनामै जनताले सास्तीबाट मुक्ति पाउछन् ।” प्रचण्डले उद्घोष गरे ।

    वर्षा  सकिएलगत्तै जनताको मुहारमा खुशी ल्याउन बिशेष योजना बनाइएको उनको भनाई रहेको छ ।

    सरकारले काम देखाउन नसकेको स्वीकार गर्दै उनले भने “अबको ६ महिना पर्खनोस् र हेर्नुस्, ६ महिनाभित्रमा सरकारले देखिने गरी काम गर्नेछ।”

    पूर्व–पश्चिम रेलमार्ग सपना मात्र नभई यथार्थ रहेको बताउँदै उनले अब चीन र भारतबाट रेल आउने निश्चित भएको बताए । नेपालमा रेललाई कसैले रोक्न नसक्ने बताएका प्रचण्डले नेपालभित्र चल्ने पूर्वपश्चिम रेल मात्र होइन, अब चीन र भारतबाट पनि रेल आउने पक्का भैसकेको  प्रष्ट पारे ।

    निरास मानिसहरुमा अब छिट्टै आशा जगाउनेगरि काम हुनेमा उनले आस्वस्त पार्ने प्रयास गरेका थिए ।

    कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडा, राष्ट्रियसभाका सदस्य रामनारायण विडारी, प्रदेश नं ३ का प्रतिपक्ष दलका नेता इन्द्र बानियाँ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, नेपाली काङ्ग्रेस मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल ‘माइकल’ लगायतले जनतालाई गरेको बाचा सरकारले भुल्न नहुने भन्दै जनताले कुरा नभइ काम हेर्न चाहेको र जनभावना अनुरुप विकास निर्माण गरेर देखाउनुपर्नेमा जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...