News Portal

  • पद्मरत्नलाई नोवेल पुरस्कारका लागि प्रयास गर्ने मन्त्री पण्डितको प्रष्टोक्ति

    बाबुकाजी श्रेष्ठकाठमाडौं, २१ भदाै
    ९३२ पटक
    काठमाडौं, २१ भदाै

    नेपाल सम्वत् र नेपालभाषा आन्दोलनका अगुवा, प्रजातान्त्रिक आन्दोलनका नेता, वरिष्ठ मानव अधिकारवादी नेता एवं साहित्यकार पद्मरत्न तुलाधरको नागरिक अभिनन्दनको कार्यक्रम नजिकिदै गर्दा राजधानीमा “नेपाल सम्वत् र पद्मरत्न” विषयक विचार गोष्ठीको आयोजना गरियो ।

    राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेएको उक्त विचार गोष्ठीमा प्रमुख अतिति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेसम्मका नेपाली जनताको विभिन्न आन्दोलनमा सक्रिय भूमिका खेलेका पद्मरत्न तुलाधरलाई अभिभावकको रुपमा मान्नु पर्ने र उनले देखाएको बाटोमा लाग्नपर्ने बताए ।

    ”उनको योगदानलाई राज्यले नै अभिनन्दन गर्नुपर्ने व्यक्तित्व हुन् । आज हामीले नागरिक अभिनन्दन गर्न पाउदा खुशी लागेको छ ।” भट्टराईले भने ।

    प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा विशेष अतिथि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालको राजनैतिक परिवर्तनको आन्दोलनमा सधैं सक्रिय रुपमा नेतृत्व गरेको व्यक्तित्व पद्मरत्नको नागरिक अभिनन्दनले खुशी लागेको बताए । नेपालको शान्ति स्थापनामा पद्मरत्नको ठूलो भूमिका रहेको, नेपालको राजनीतिक परिवर्तन र नेपालीको सुशासनको लागि धेरै योगदान गरेको व्यक्तित्व भएका कारण अन्तर्राष्ट्रिय रुपमै सम्मान गर्न नोवेल पुरस्कारका लागि प्रयास गर्ने पण्डितले प्रष्ट पारे ।

    प्रतिष्ठानको तर्फबाट पद्मरत्न तुलाधरलाई सम्मान गरिएको सो कार्यक्रममा मल्ल के. सुन्दर, डा. पुष्पराज राजकर्णिकार, तिर्थमान डंगोललगायतका वक्ताहरुले नेपाल सम्वत् र पद्मरत्नका विषयमा चर्चा गरे ।

    कार्यक्रममा पद्मरत्न तुलाधर अभिनन्दनको अवसरमा प्रतिष्ठानले पद्मरत्नको फोटो अंकिट पीन (लकेट) र पद्मरत्न विशेषांक शंखधर बुलेटिन वितरण गरेको प्रतिष्ठानका अध्यक्ष श्याम मानन्धरले जानकारी दिए ।

    नेपालभाषा मंकाः खलः यलको सह आयोजना रहेको उक्त कार्यक्रममा करीव ३ सय जनाको सहभागिता रहेको र आउने भाद्र ३० गते राष्ट्रिय सभा गृहमा पद्मरत्न तुलाधरको नागरिक अभिनन्दन कार्यक्रम रहेको खलःका अध्यक्ष ऋषि प्रसाद श्रेष्ठ बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...