News Portal

  • नेपाल-चीन सम्वन्धले भारतमा हंगामा : सबै मिडियामा बने ब्यानर न्यूज

    विश्वास रेग्मीकाठमाडौं, २४ भदौ
    ८४४ पटक
    काठमाडौं, २४ भदौ

    बिहीबार राति नेपाल र चीनका प्रतिनिधिबीच नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि) मा सहमति जुटेपछि विशेष गरी भारतीय सञ्चारमाध्यमले यसलाई प्राथमिकताका साथ प्रकाशन÷प्रसारण गरेका छन् । सहमतिअनुसार चीनले आफ्ना सबै बन्दरगाह प्रयोग गर्न पाउने गरी नेपाललाई सुविधा उपलब्ध गराउने भएपछि भारतीय सञ्चार जगत्ले यसलाई विशेष चासो दिएको छ ।
    अधिकांश भारतीय मुख्य दैनिक पत्रिका, टेलिभिजन र पत्रिकाका अनलाइन संस्करणमा पारवहन प्रोटोकलको समाचार छुटेको छैन । अधिकांश सञ्चारमाध्यमले यो सहमतिसँगै नेपालसँगको व्यापारमा भारतीय एकाधिकार अन्त्य भएको विषयलाई प्राथमिकता दिएका छन् ।
    भारतको अङ्गे्रजी दैनिक टाइम्स अफ इन्डियाको बेङ्गलोर संस्करणले विश्व समाचार पृष्ठमा उक्त सहमतिको समाचारलाई ब्यानर समाचार बनाएको छ । ‘नेपाल इन्ड्स इन्डियन मोनोपोली अन ट्रान्जिट’ अर्थात् नेपालले पारवहनमा भारतको एकाधिकार अन्त्य गर्यो भन्ने शीर्षकमा सात कोलममा शनिबार समाचार प्रकाशन भएको छ ।
    हिन्दी भाषामा प्रकाशन हुने भारतका दुई चर्चित पत्रिका दैनिक भाष्कर र अमर उजालाले आफ्नो अनलाइन संस्करणमा यस विषयको समाचार प्रकाशन गरेका छन् । दैनिक भाष्करले ‘चीन ने नेपालको चार बन्दरगाह इस्तेमाल करने की अनुमति दी, इससे पडोशी देशकी भारत पर निर्भरता कम होगी’ र अमर उजालाले ‘चीन ने नेपालको चार बन्दरगाह व दो लैंडपोर्ट इस्तेमाल करने कि दी अनुमति’ शीर्षकमा दुई देशबीचको सम्झौताले भारतसँग मात्र निर्भर अन्तर्राष्ट्रिय व्यापार अन्त्य हुने उल्लेख गरेका छन् ।
    त्यस्तै अर्को हिन्दी दैनिक पत्रिका जागरले शनिबार आफ्नो अनलाइन संस्करणमा ‘चीन की नई चाल, नेपाल को दी अपने बन्दरगाह और जमीन इस्तेमाल करने की इजाजत’ शीर्षकमा समाचार प्रकाशन गरेको छ । भारतीय टेलिभिजन जी न्युजको अनलाइन संस्करणले ‘इन्डियन मोनो इन्ड्स एज नेपाल गेट्स एक्सेस टु चाइजिन पोर्ट्स’ शीर्षकमा एजेन्सी पे्रस ट्रस्ट अफ इन्डिया(पीटीआई)को समाचार प्रकाशन गरेको छ ।
    अर्को टेलिभिजन एनडीभीको अनलाइन संस्करणले ‘चाइना टु अलो नेपाल एक्सेस टु पोर्ट्स, इन्डिङ इन्डियन मोनोपोली अन ट्रान्जिट’ शीर्षकमा समाचार एजेन्सी रोयटर्सको समाचार प्रकाशन गरेको छ । त्यस्तै, हिन्दुस्तान टाइम्सले ‘नेपाल टु गेट एक्सेस टु चाइनिज पोर्ट्स’ शीर्षकमा आफ्नो विश्व समाचार पृष्ठमा दुई कोलमको समाचार प्रकाशन गरेको छ । दी इकोनोमिक टाइम्स, आउटलुक, डेक्कन हेराल्ड, विजनेस स्टान्डर्डका अनलाइन संस्करणमा यसबारे समाचार प्रकाशन भएका छन् ।
    दी इन्यिडन एक्सपे्रसले ‘नेपाल गेट्स एक्सेस टु अल चाइनिज पोर्टस् इन्डिङ डिपेन्डेन्स अन इन्डिया फर टे«ड’ शीर्षकमा आफ्नो विश्व पृष्ठको दोस्रो मुख्य समाचार बनाएको छ । त्यस्तै स्क्रोल डट इन, फाइनान्सियल एक्सपे्रस, द टेलिग्राफले फरक शीर्षकमा नेपालले पारवहनमा चीनसँग ऐतिहासिक सहमति गरेको उल्लेख गरेका छन् । चीनका केही सञ्चारमाध्यमले पनि प्रोटोकलको सहमति प्रकाशन प्रसारण गरेका छन् । समाचार एजेन्सी सिन्ह्वा ‘नेपाल, चाइना कन्क्लुड प्रोटोकल अफ ट्रान्जिट ट्रान्सपोर्ट एग्रिमेन्ट’ शीर्षकमा समाचार प्रकाशन गरेको छ । याहु न्युजले ‘नेपाल चाइना फाइनलाइज ल्यान्डमार्क ट्रान्जिट प्रोटोकल’ शीर्षकमा दुई देशबीच ऐतिहासिक सहमति जुटेको उल्लेख गरेको छ ।
    भारतीय सञ्चारमाध्यमले विशेष गरी भूकम्प र संविधान निर्माणपछि भारतले गरेको नाकाबन्दीका कारण पारवहन प्रोटोकल सम्भव भएको विषय आफ्ना समाचारमा समेटेका छन् । त्यस्तो सहमतिसँगै पारवहनमा नेपालमाथि भारतको एकाधिकार सकिएको सञ्चारमाध्यमले जनाएका छन् ।
    नेपाल र चीनबीच सन् २०१६ मार्च २१ तारिखमा भएको पारवहन तथा यातायात सम्झौतालाई कार्यान्वयन गर्न भदौ २० र २१ गते काठमाडौँमा बसेको दुई देशबीचको तेस्रो बैठकले कार्यविधि (प्रोटोकल)को अन्तिम टुङ्गो लगाएको थियो । उक्त प्रोटोकल कार्यान्वयनमा आएपछि नेपालले चीनका बन्दरगाह उपयोग गर्नसक्ने र त्यसका लागि चीनभित्रका जुनसुकै रुटबाट टुवानी गर्न पाउने सहमति भएको थियो । गोरखापत्रबाट

     

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...