News Portal

  • भारतसंगको खुला सिमानामा रोक लगाए प्रतिवाद गर्ने मन्त्रीकै चेतावनी

    राकेश यादवरौतहट, २४ भादाै
    ९८३ पटक
    रौतहट, २४ भादाै

    प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जीतेन्द्र सोनलले खुला सिमानालाई केन्द्रीय सरकारले नियन्त्रण गर्ने षड्यन्त्र गरिरहेको खुलासा गरेका छन् ।

    मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरले रौतहटको गौरमा आयोजना गरेको प्रादेशिक पत्रकारिता र सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री सोनलले काठमाडौं र दिल्ली मिलेर खुल्ला सीमानाको नियमन तथा कंट्रोल गर्ने योजना बुनीरहेको विशेष सूत्रबाट थाँहा हुन आएको दावी गरे ।

    १७ सय खुल्ला सिमाना विश्वमा ऐतिहासिक भएको जिकिरसमेत सोनलले गरे । नेपाल भारतबीच रामसीता, अमरनाथ पशुपतिनाथको सम्बन्ध पहिलादेखि नै रहेको हुँदा मधेशमा रहेको नेपाल भारत खुल्ला सिमानालाई नियन्त्रण गर्ने प्रयास भए सहन हुन नसक्ने चेतावनी दिए ।

    उनले भने, ‘मधेश र भारतबीचको रहेको सम्बन्धलाई धरापमा पार्ने कार्य भए प्रदेश २ को जनता र सरकारले कडा प्रतिवाद गर्ने छन् ।’

    उनले अघि थपे, ‘लोकतान्त्रिक मूल्य मान्यता भएको मुलुकमा प्रेसलाई नियन्त्रण गर्ने कार्य बर्दास्त हुँदैन ।’ प्रदेश २ का सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेकोले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए ।

    मुलुकमा लोकतान्त्रिक पद्धति थ्रेटिंग अवस्थाबाट अहिले पनि गुज्रिरहेको अवस्थामा प्रेस पूर्ण स्वतन्त्र नभएमा लोकतन्त्र बलियो नहुने तर्क गरे । मन्त्री सोनलले राष्ट्रको चौथो अंगको रुपमा पत्रकारिता भएकोले विशुद्ध रुपमा कलम चलाउन पत्रकारलाई आग्रह गरे ।

    उनले पित पत्रकारितालाई विस्तारै सफाई गर्दै जानू पर्ने सुझाव दिए । पत्रकार आवाजविहीनको आवाज भएकोले लोकतन्त्रको मजबूती, अधिकारको संरक्षण, आन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत गर्न खोज, निर्भीक पत्रकारिताको आवश्यकता रहेको बताए ।

    मन्त्री सोनलले केन्द्र सरकार सवै प्रदेश सरकारलाई अधिकार कुंठित गर्ने, केन्द्रीकृत शासन राख्ने पक्षमा रहेको आरोप लगाए । राजनीतिक संघर्ष जारी रहेको भन्दै नयाँ संविधान आंशिक रुपमा स्वीकार गरेको बताए । उनले मधेश आन्दोलनको एजेन्डा अनुसार संविधान संशोधन नभएसम्म संविधान कुनै पनि हालतमा स्वीकार्य नहुने ठोकूवा गरे ।

    कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात विकास राज्यमन्त्री डा. डिम्पल झा, राजपाको प्रमुख सचेतक परमेश्वर साह, प्रदेश सांसद बाबूलाल साह, गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता, राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंह, उपप्रमुख किरण ठाकुर, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, मीडिया फर बोर्डर हार्मोनीका अध्यक्ष अमरेंद्र तिवारी सहितका वक्ताहरुले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम मधेश पत्रकार महासंघका अध्यक्ष बृज कुमार यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...