News Portal

  • नवनियुक्त प्रधान सेनापती थापाले गरे भारतीय निम्ताे अस्वीकार

    नेपालवाल संवाददाताकाठमाडौं, २८ भदाै
    ४११७ पटक
    काठमाडौं, २८ भदाै

    नवनियुक्त प्रधान सेनापती पूर्णचन्द्र थापाले भारतीय सेनाले गरेको निम्ता अस्वीकार गरेका छन् । बिम्सटेक सैन्य अभ्यासमा सहभागी हुन भारतले गरेको निम्ता थापाले अस्वीकार गरिदिएका हुन् ।

    संयुक्त सैन्य अभ्यास बारे चर्को आलोचना र यसले नेपालको कुटनीति र विदेश नीतिमा असर पार्ने बहसका बीच सेनापती थापाको सहभागीता नहुने कुरालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपी नेपाली सेनाले आफ्नो असमर्थताको कारण भने देशको आन्तरीक औपचारीक कार्यक्रममा व्यस्त हुनुपरेकोले सहभागी हुन नसक्ने भारतीय सेनालाई जानकारी गराएको बताइएको छ ।

    बिम्सटेकको सेना प्रमुखहरु सहभागी हुने सम्मेलनमा भाग लिन भारतीय सेनाद्वारा गरिएको निमंत्रणा अस्वीकार गरेपछि भारतीय वृत्तमा थापाको चर्चा चलेको छ । भारतमा बिम्सटेक सैन्य अभ्यासमा पहिलो पटक भाग नलिने फैसला पछि नेपाली सेनाले यो कदम उठाएको आधिकारिक सूचना प्राप्त भएको छ ।

    मङ्सिर १० गते तय भएको सेना प्रमुखको सम्मेलनमा नेपाल बाहेक सबै देशका सेना प्रमुख सहभागी हुने खबर छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...