News Portal

  • सर्लाहीका ६ स्थानीय सरकार भाडामा

    प्रेमनाथ पाैडेलसर्लाही, ३० भदाै
    १५६३ पटक
    सर्लाही, ३० भदाै

    सर्लाहीका ६ स्थानीय तह एक वर्ष देखि भाडाको घरबाट कार्यालय संचालन भैरहेका छन् । २० स्थानीय तह मध्ये ६ मा आफ्नै भवन नभएपछि भाडाको घरबाट कार्यालय संचालन भैरहेकाे हो ।

    कार्यालय संचालन गर्न आफ्नै भवन नभएपछि जिल्लाका बलरा ,हरिपुर्बा , गोडैता नगरपालिका र धनकौल ,रामनगर तथा चक्रघट्टा गाउँपालिकाले भाडाको घरबाट कार्यालय संचालन गर्दै आएको जिल्ला समन्वय समिति सर्लाहीका सूचना अधिकारी पुष्करमणि घिमिरेले जानकारी दिए ।

    जिल्लाको ९ गाउँपालिकामध्ये ३ वटाको आफ्नो भवन छैनन् । त्यस्तै ११ नगरपालिकामध्ये पनि ३ वटा नगरपालिकाले भाडामा भवन लिएर कार्यालय संचालन गरेका छन् । धेरैजसो पालिकाका  वडा कार्यालयहरु पनि विभिन्न सामुदायिक भवन,स्वास्थ्य संस्थाको भवन प्रयोग गरेर  संचालनमा छन् । आफ्नै भवन भएका कतिपय नगरपालिका तथा गाउँपालिकाले पनि वडा कार्यालय संचालन गर्न भवन भाडामा लिनुपरेको हो ।

    यसरी कार्यालय भवन आफ्नो नहुदा महँगोमा घर भाडा लिएर कार्यालय संचालन गर्न परेको जनप्रतिनिधिहरुको गुनासो छ । जनताको पैसाले भाडा तिर्नुपरेको उनीहरु बताँउछन् ।

    भाडाको सानो कोठामा राखेर कार्यालय सन्चालन गर्नुपर्दा समस्या भएको हरिवन नगरपालिका ११ का सचिब चित्र बिश्वकर्माले बताए ।

    यसरी घर/कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरेका स्थानीय तहले अझै भवन निर्माणमा भन ध्यान दिन सकेका छैनन् । लामो समय देखि जिल्लामा संचालन भैरहेका सरकारी कार्यालय स्थानीय तहमातहत आएपछि त्यसको पुर्वाधारमाथि कब्जा जमाई पालिकाले कार्यालय संचालन गर्ने समस्या देखिएको कर्मचारीहरुको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...