News Portal

  • ४ आरोपबारे चुनौती दिँदै ५ पत्रकारले विप्लवलाई सोधे,’एक विज्ञप्तीले जीवन सिध्याइदिन पाइन्छ?’

    नेपालवाल संवाददाताकाठमाडौं, ३१ भदाै
    ८६९ पटक
    काठमाडौं, ३१ भदाै

    नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भित्र रहेको विवाद बाहिर आएको छ ।

    सो पार्टी निकट क्रान्तिकारी पत्रकार सङ्गठनमा आबद्ध रहि पार्टीको समेत जिम्मेवारी सम्हालेका ५ जनालाई गम्भीर आरोपसहित पार्टीबाट निष्कासन गरिएपछि बिबाद बाहिर आएको हो ।

    सङ्गठनका निवर्तमान अध्यक्ष प्रभात चलाउने, केन्द्रीय सचिवालय सदस्य कमल बुढा, जन्मदेव जैसी र बाबुराम भुषाल तथा केन्द्रीय सदस्य सुदीप बर्देवालाई कारवाही गरिएको भन्दै मध्यकमाण्ड इन्चार्ज तथा पार्टी स्थायी सदस्य हेमन्त ओली ‘सुदर्शन’ले विज्ञप्ति नै निकालेपछि पार्टी भित्रको विवादले बजार तताएको छ ।

    सङ्गठनका सिनियर नेताहरुलाई अनावश्यक कारवाहीको डण्डा बर्साएको भन्दै क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका ४८ मध्ये ३९ केन्द्रीय सदस्यहरुले बिरोध जनाइरहेका बेला चलाउनेसहित पाँचै जनाले शनिबार एउटा प्रेस नोट सार्वजनिक गर्दै सुदर्शनद्वारा जारी गरिएको विज्ञप्तिको खण्डन गरेका छन् ।

    जारी बिज्ञप्तिमा भनिएको छ – ‘कमरेड सुदर्शनले जारी गरेको विज्ञप्ति जसरी आएको छ र त्यसमा हामीमाथि जे जे आरोपहरु लगाइएको छ त्यसबारे प्रतिक्रिया दिँदा पार्टी र नेताहरुलाई पर्ने अप्ठेरो र असरको ख्याल गर्दै प्रतिक्रिया नदिने सोचमा हामी पुगेका थियौ । पक्कै पनि अहिलेको जुन राजनीतिक सन्दर्भ र विज्ञप्तिमा लगाइएका आरोपका विषयवस्तु छन त्यसबारे सवालजवाफ गर्नु उपयुक्त होइन । त्यसले असर पु¥याउँछ भने सबैभन्दा बढी असर परिवर्तनकामी जनता र आन्दोलनलाई पु¥याउँछ, अनि यो समग्र आन्दोलनको नेतृत्व गरिरहेको हुनाले पार्टी महासचिवलाई पु¥याउँछ ।’

    बिज्ञप्ति मार्फत ५ जनाले पार्टीका उपल्लो तहका नेताहरुले यसरी आफुहरुलाई सार्बजनिक बिज्ञप्ति मार्फत कारबाही गरेको घोषणा गरेपछि नेपालको संसदीय राजनीतिभित्रको अन्तहीन किचलोबाट आजित भएर परिवर्तनको अन्तिम आशलाग्दो विकल्प यही आन्दोलन हो भन्ने निष्कर्षमा पुगेका र पुग्दै गरेका नौजवान युवाहरुमा निकै ठुलो असर परेको बताएका छन् ।

    उनीहरुले पार्टीको उपल्लो तहले नै त्यसको असरबारे कुनै ख्याल नराखेर विषयवस्तु बाहिर लगिसकेपछि, प्रश्नहरु उठ्न थालेपछि आफुहरुले त्यसका बारेमा आफ्नो विषय राख्नु अन्यथा नहुने ठान्दै प्रेस नोट जारी गरेको बताएका छन् ।

    लामो समयदेखि जनपक्षीय पत्रकारिता यात्रामा लागेकाले आफूहरुको जीवन खुल्ला किताबजस्तै भएको भन्दै उनीहरुले पार्टीका कुनै अमुक नेताले तथ्य र आधारहिन आरोप लगाउनु भनेको उल्टै यो आरोप लगाउनेको स्तरको खुलासा हुनुवाहेक केही नभएको बताएका छन्।

    सुदर्शनले निकालेको विज्ञप्तिमा आफुहरुमाथि जुन आरोप लगाइएका छन, तिनको कुनै आधार नभएको, कपोलकल्पित, अराजनीतिक, विल्कुलै हास्यास्पद, बालगोठालाका खेलका कथा जस्ता मात्र भएको बताएका छन् ।

    उनीहरुले आफुलाई पार्टीले लगाएको आरोपबारे जुनसुकै जनअदालतको कठघरामा उभिएर पनि एक-एक शब्द-शब्दमा कुरा गर्न तयार रहेको भन्दै खण्डन गरेका छन् ।

    विज्ञप्तिमा लगाइएका चारवटा आरोपको ५ जनाले यसरी खण्डन गरे

    -सार्वजनिक रुपमा जिम्मेवार साथीमाथि हातपात गरेको’ आरोपको कुरा गरौ । कुरा लगाउनेले कुन आशय र दुराशय राखेर लगाए तर नेताहरुले यो प्रमाणित गरुन कि कुन ठाउँमा कसले कसमाथि हातपात गरेको हो ? सार्वजनिक ठाउँमा भनेपछि देख्नेहरु पनि होलान । त्यो कुन ‘जिम्मेवार साथी’ हो जसमाथि हातपात भयो, त्यस्तो कोही छ भने ममाथि हातपात भएको हो भनेर उभ्याइयोस् । दोस्रो आरोप सूचना चुहाएको भन्ने छ । यो राजनीतिक पूर्वाग्रह वाहेक केही पनि होइन । कतै केही प्रमाण भए यसलाई पनि पुष्टि गर्न चुनौती दिन्छौ ।

    -पार्टीका स्थायी समिति सदस्यकै साथमा पार्टी बनेदेखि आजसम्मका सबै दस्तावेज, हिसाबकिताब, सर्कुलर र बैठकमा टिपिएका नोटकपी र ल्यापटप समेत गएको कुरा बाहिर छ्याप्छ्याप्ती आइसकेकै छ । साथै अरु नेताहरुका साथमा पनि धेरै कुरा गएको नेताहरुलाई नै थाहा नै छ । हामी नेताहरुलाई कहिले पनि भेट्दै नभेट्ने र लामो समयदेखि कुनै सम्पर्क नै नभएका कार्यकर्ताले सूचना चुहाएको भन्ने आरोपको कुनै तुक छैन ।

    -तेस्रो आरोप पार्टी र नेतृत्वका विरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार दिएको भन्ने आरोप छ । पहिलो त यो पदावली नै स्पष्ट छैन । सामाजिक सञ्जाल के हो ? समाचार र भ्रामक समाचार के हो भन्ने कुराको स्पष्टता नहुन पनि सक्छ । तै पनि कुन सामाजिक सञ्जालमा कहिले त्यसखालका ‘भ्रामक समाचार’ दिइएका हुन त्यसको पनि पुष्टि गरियोस् । सायद सार्वजनिक रुपमा पुष्टि गर्न नमिल्ने होला, हामीलाई मात्र भनिदिए पनि पुग्छ कि कुन साथीले कहिले सामाजिक सञ्जालमा कुन नेताका विरुद्धमा भामक कुरा लेख्यो ?

    -पत्रकार संगठन सम्बन्धि पार्टी निर्णय विरुद्ध अराजकता मच्चाएको’ । यो भनेको क्रान्तिकारी पत्रकार संगठन, नेपालको बैशाख १५, १६ र १७ मा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनको सन्दर्भ हुनुपर्छ । दुई सय बढी प्रतिनिधिहरुको सहभागितामा हामीले संगठनको राष्ट्रिय सम्मेलन प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गरी नगरकोटमा बन्दशत्र गरेका थियौ । जसको उद्घाटन स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नै गर्नुभएको थियो । सम्मेलन कति मेहनत र दुःखका साथ गरिएको थियो, कति भव्यतापूर्वक सम्पन्न भएको थियो भन्ने कुरा सायद सबैलाई विदितै छ । अनि सम्मेलनको सबै प्रक्रिया सकेर नेतृत्व चयनको प्रक्रियामा पुग्दा कसले अराजकता मच्चाएको थियो भन्ने बन्दशत्रमा सहभागी हुने सबैका सामु दिनको घाम जतिकै छर्लङ्ग छ ।

    -स्मरण रहोस बाँकी ८ जनामध्ये पनि केही साथीहरु न्यूट्रल हुनुहुन्छ । यसरी दिनको घामजतिकै छर्लङ्ग कुरामा भ्रामक पर्दा हालेर, आन्दोलनमा लागेका साथीहरुमाथि अत्यन्तै निराधार, कपोलकल्पित र तथ्यहीन आरोप लगाउनु, सार्वजनिक रुपमा बेइज्जत गर्ने प्रयास गर्नुका पछाडि कुन स्वार्थ लुकेको छ हामी आश्चर्यमा परेका छौ । त्यस्ता आरोपको कुनै अर्थ छैन ।

    -निष्काशन तहको कारवाही कमिटीले गर्ने हो कि नेताको विज्ञप्तिले गर्ने हो ? हामीलाई त यो विश्वास नै भइरहेको छैन कि यो कम्युनिस्ट पार्टीको निर्णय हो । पहिलो त सोझै हामीलाई बोलाएर यस्तो कुरा आएको छ के हो भनेर नेताले सोध्नुपथ्र्यो । यदि सोध्न मिलेको थिएन भने सबैका कमिटि थिए भनिएको छ ती कमिटिको बैठक राखेर त्यहाँ छलफल गराइनुपथ्र्यो, त्यो बैठक राख्ने अवस्था पनि थिएन भने ती कमिटिका इन्चार्जहरु थिए होलान, तिनलाई बुझ्न र सोध्न लगाइनुपथ्र्यो । नेताहरुलाई लागेको विषयमा स्पष्टिकरण सोध्नुपथ्र्यो । त्यति पनि नभ्याइएको भए आन्तरिक रुपमा सर्कुलर गरेर यिनका बारेमा यस्तो निर्णय भएको छ भनेर पार्टीको आन्तरिक रुपमा गर्नु सायद परिपक्व हुन्थ्यो होला ।

    हेर्नुहोस् विज्ञप्ति

     

    पार्टी प्रवक्तामाथि असन्तुष्टि

    पाँच पत्रकारले प्रेस नोटमा जेलमा रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डप्रति नाम नातोकेरै असन्तुष्टि पोखेका छन । काभ्रेमा प्रहरी हिरासतमै पत्रकार संगठनको बैठक राख्न लगाएको आरोप उनीहरुको छ । केहि सदस्य बोलाएर हिरासतमै माइन्युट लेखिएको र एकतर्फी कुराको आधारमा राष्ट्रिय सम्मेलनको निर्णय उल्टाइएको उनीहरुको जिकिर छ ।

    यसअघि हेटौडामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनदेखि नगरकोटमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनको बन्दशत्रमा अराजकता मच्चाउने अनुशासनहीन एक दुई जना व्यक्तिहरुको एकोहोरो कुरा सुनेर र आँखा चिम्लेर त्यहि कुरामा विश्वास गर्नेतिर नेताहरु गएको, तिनले दिएका गलत र नक्कली सूचनाकाबारेमा नेताहरुले आफुहरुसँग नसोधेको त्यसपछि एकाएक नेताहरुले त्यही गुटका केहीलाई संगठनको पदाधिकारी बनाइएको हल्ला आएको र त्यो हल्ला पनि केन्द्रीय समितिको बैठक राखेर छलफल होला र त्यहाँ आउला भन्ने ठानेर आफूहरु पर्खेर बसेकै अवस्थामा नेताहरुलाई गलत सूचना दिन लागेकाहरुले आफैले आफैलाई सामाजिक सञ्जालहरुमा भकाभक बधाई लेखाउदै केही अनलाईनहरुमा समाचार पनि प्रकाशित गराउन थालेपछि आफुहरु ४० जनाले गत भाद्र ७ गते बक्तब्य जारी गरेको उनीहरुले प्रष्ट पारेका छन् ।

    त्यतिमात्र नभइ गिरफ्तार गरिएका नेताले धुलिखेलको हिरासत भित्रै पुलिसको निगरानीमा बैठक गरेर नगरकोटमा निर्वाचित कमिटि डिजल्भ गर्न र ३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्माण गर्न निर्देशन दिइएको भन्दै त्यसरी जिम्मेवारी पाएका भनिएका ५/६ जना व्यापक रुपमा छलफलमा लागेको केहि थोरै मान्छेको बैठक बसाली राष्ट्रिय सम्मेलन र सम्मेलनले गरेको निर्णय खारेज गर्न आदेश पाएको भन्दै हिडन थालेपछि नगरकोटमा चयन भएका ४८ जना केन्द्रीय सदस्य मध्ये ३९ जना आक्रोशित भएको पनि जनाइएको छ ।

    उनीहरुले नेताहरुलाई विधि, पद्धति, अनुशासन नेताहरुमा लागु हुने कुरा हो कि होइन ? भन्दै प्रश्न समेत गरेका छन् । ‘कुनै नेताका बारेमा आफूलाई लागेको कुरा आन्तरिक बैठकमा राख्न पाइन्छ कि पाइदैन ? यो पार्टी र आन्दोलन विकास गर्न हामी कार्यकर्ताको कुनै योगदान छ कि छैन ?’ उनीहरुले भनेका छन्- ‘लामो समयदेखि आन्दोलनमा लागेका र योगदान पु¥याएका कुनै राजनीतिक कार्यकर्ताको राजनीतिक जीवन नेतालाई रिस उठेका दिन एउटा विज्ञप्तिले सिध्याउन मिल्छ ?’

    माक्र्सवादी दर्शन र सिद्धान्त तथा द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तलाई जीवनपद्धति बनाउने नेताहरुले कार्यकर्ताबीचका केही अन्तरविरोध नै भए पनि यसरी हल गर्छ भन्ने विश्वास नै गर्न नसकेको भन्दै उनीहरुले एउटा क्रान्ति गर्ने उद्घोष गरेको क्रान्तिकारी पार्टी र तिनका नेताहरुले यस्तो गरे होलान भनेर सायद कल्पना पनि गर्न सकिने कुरा बाहिर आएको बताएका छन् ।

    आफ्नो नाम नै उल्लेख गरेर अनावश्यक आरोप लगाउँदै ‘आम जनसमुदाय, पार्टीका सम्पूर्ण निकाय र आमसञ्चारमाध्यमहरुलाई यो कुरा जानकारी गराइन्छ कि’ भन्ने वाक्यबाट सुरु गरिएको विज्ञप्ति नै सार्वजनिक भएपछि यसबारेमा यो टिप्पणी लेख्न बाध्य भएको उनीहरुको जिकिर छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...