News Portal

  • डा.शर्माद्वारा दुई विद्यालयमा शैक्षिक सामाग्री वितरण

    नेपालवाल संवाददाताविराटनगर, २ असोज
    ८२५ पटक
    विराटनगर, २ असोज

    नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको हो ।

    बिद्यालयमा आयोजित कार्यक्रममा डा.शर्माले जनकल्याणका ८४ र शान्तिदेवीका ९ गरी जम्मा ९३ जना बिपन्न बिद्यार्थीलाई करिव १ लाख मुल्य वरावरको सामाग्री प्रदान गरेका हुन् । प्रत्येक बिद्यार्थीलाई आधा दर्जन कलम, आधा दर्जन कपी र बिद्यालय पोशाक प्रदान गरिएको छ । जनकल्याणका सिसु कक्षादेखि कक्षा १० सम्मका बिपन्न बिद्यार्थीलाई सो सामाग्री हस्तान्तरण गरिएको हो । शान्तिदेवीमा १ शिक्षिका र ९ जना बिद्यार्थी छन् । सो बिद्यालयका सवै बिद्यार्थीलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाकका साथै शिक्षिकालाईसमेत पोशाक प्रदान गरिएको छ । त्यस्तैगरी डा.शर्माले बिद्यालयलाई प्राथमिक उपचार सामाग्री पनि हस्तान्तरण गरे ।
    सामाग्री हस्तान्तरणपछि बोल्दै डा.शर्माले बिपन्न बिद्यार्थीहरुलाई पढाईका क्रममा थोरै भएपनि राहत पुर्याउँन सहयोग गरेको बताएका छन् । गरिवीका कारण कष्टपूर्ण तरिकाले बाल्यकाल विताएका डा.शर्माले सानो छदाको दुख कष्ट पनि स्मरण गरे । ‘नयाँ चप्पल किन्ने पैसा नहुँदा हिड्दा–हिड्दै खिईएर दुलो परेको सिएसी चप्पल लगाएर स्कुल जान्थे ।’ भावुक हुँदै डा.शर्माले भने ‘दुलो परेको चप्पल लगाएर हिड्नुपर्दा खुट्टा बिझाएको अहिले पनि झलझली याद आउँछ ।’

    डा.शर्माले बिपन्न बिद्यार्थीहरुलाई सक्दो सहयोग गर्न आफु तयार रहेको बताए । बालबालिकाको दातमा धेरै समस्या देखिने गरेको भन्दै डा.शर्माले जनकल्याण बिद्यालयका सवै बिद्यार्थीलाई नोबेल अस्पतालमा लगेर निःशुल्क दाँत परीक्षण गर्ने र सफा गर्ने ब्यवस्था मिलाईदिने बताएका छन् । सो बिद्यालयमा करिव ५ सय जना बिद्यार्थी छन् ।

    डा.शर्माले यसअघि सुन्दरहरैचा–११ तिनमोहरीको आदर्श आधारभुत बिद्यालयका छात्रछात्रालाई पनि शैक्षिक सामाग्री प्रदान गरेका थिए । शर्माले आफ्नै लगानीमा चमार, डुम, झागड, मुसहर जस्ता जातिका सयौं बिद्यार्थीलाई निःशुल्क स्वास्थ्य शिक्षा पढाउँदै आएका छन् । उनकै सहयोगका कारण नेपालमै पहिलो पटक सतार समुदायका युवाले एमवीवीएस उतीर्ण गरी डाक्टर बन्ने अवसर पाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...