News Portal

  • बिकिरणबाट कसरी बच्ने भन्ने जानकारी गराउन कार्यशाला सम्पन्न

    नेपालवाल संवाददाताविराटनगर, ५ असोज
    ९०० पटक
    विराटनगर, ५ असोज

    अस्पतालका बिकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीहरुको सुरक्षा सम्बन्धि १ नम्बर प्रदेश स्तरीय कार्यशाला बिहिबार बिराटनगरमा सम्पन्न भएको छ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको सहयोगमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले कार्यशाला गरेको हो ।
    नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यशाला उद्घाटन गर्दै प्रदेश प्रमुख प्रा.डा.गोबिन्द बहादुर तुम्वाहाङले बिकिरणबाट बच्न सावधानी अपनाउँनुपर्नेमा जोड दिए । त्यस्तै नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा.बुद्धिरत्न खड्गी, नोबेल शिक्षण अस्पतालका निर्देशक डा.राजेश नेपाल, प्रो.डा.सितारामप्रसाद ब्यहुत लगायतले पनि विकिरणबाट बच्न सवै अस्पतालहरुमा सावधानीको खाचो औल्याए ।
    राजधानीका अस्पतालहरुमा बिकिरण सुरक्षा सम्बन्धि अभ्यास भईरहेको भएपनि मोफसलका अस्पतालहरुमा भने कमै मात्र यो अभ्यास हुँने गरेको छ । अस्पतालमा प्रयोग हुँने एक्सरे, म्यामोग्राफी, सीटीस्क्यान, क्याथल्याव, सिआर्म लगायतमा मानव स्वास्थ्यलाई खतरनाक विकिरण निश्किने गर्दछ । यी मेसिन प्रयोग गर्ने कर्मचारीहरुले बिकिरणको मात्रा मापनका लागि टिएलडी ब्याज लगाउँनु पर्छ । सोहि ब्याच लगाउँने अभ्यासलाई १ नम्बर प्रदेशमा पनि बिस्तार गर्न कार्यशाला गरिएको हो ।
    कार्यक्रममा नोबेलका डा.तेजेन्द्र कार्की, नास्टका डा.बुद्धराम शाह र बीर अस्पतालका डा.कञ्चनप्रसाद अधिकारीले बिकिरण सुरक्षा र सावधानीका बिषयमा जानकारी गराए । कार्यक्रममा १ नम्बर प्रदेशका बिभिन्न अस्पतालबाट करिव सय जना सहभागि भएको नोबेल अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...