News Portal

  • लामाजस्ता युवा देख्दा क्यान्सर पिडित रुपा ठान्छिन्, दु:खमा साथ दिने नै सायद दैव होलान्

    नेपालवाल संवाददाताकाठमाडौँ, ७ असोज
    १२२२ पटक
    काठमाडौँ, ७ असोज

    दु:खमा साथ दिने नै सायद दैव होलान् ! ५ महिनादेखि ब्लड क्यान्सरसंग लडिरहेकी १९ बर्षिया रुपा तिवारीलाई यस्तै लाग्छ । नामै सुन्दा मुटु काप्ने ब्लड क्यान्सरले सताएपछि उनी हरेक समय मृत्युसँग लडिरहेकीछिन् । जब उनलाई हेर्न कोही आउँछ, उनलाई जीवन लिएर दैव आए झैं लाग्छ र उनी आफ्नो रोगलाई चटक्कै बिर्सेर प्रफुल्ल हुन्छिन् ।

    आइतवार एकाबिहानै वाईसीएल केन्दिय सदस्य एवम् श्रम तथा रोजगार विभाग ३ नम्वर प्रदेश प्रमुखसमेत रहेका युवानेता कुमार लामासहितको टोली महाराजगंजस्थित शिक्षण अस्पताल पुग्दा रुपाको मुहारमा खुशी झल्किएको थियो । मन्डन देउपुर नगरपालिका- ९ काभ्रेकी १९ बर्षिया तिवारी शिक्षण अस्पतालमा आफ्नो पार्टीका मान्छे आएको देखेेर खुशी भएकी होइनन् , नत त्यस टोलीमा आफ्ना नातागोताका मान्छे देखेर नै उनी खुशी भएकी हुन् । कहिले नचिनेका मान्छेहरु मानवताको नाताले आफुलाई भेट्न आएको देखेर नै उनको मुहारमा ब्लड क्यान्सरको बीचबाट खुशीको चमक आएको हो ।

    सहयोगी भावना बोकेर अस्पताल पुगेका सामाजिक सेवाभावले प्रेरित युवानेता कुमार लामासहितको टोलीले रुपालाई स्वास्थ्य लाभको कामना गर्नुका साथै नगद २०००० पनि प्रदान गर्यो । सरकारले असाध्य रोगको उपचारका लागि बिशेष ब्यबस्था गरेको बताउदै लामाले सरकारी सहयोग लिन चुक्नु नहुने सुझाव दिए । उपचारको अवस्थाबारे जानकारी लिँदै लामाले रोग निको हुने क्रममा रहेकोले निरास नहुन भन्दै उपचारकोक्रममा जस्तो सुकै सहयोग गर्न आफूहरु तयार रहेको बताएका थिए ।

    ब्लड क्यान्सरसँग लडिरहेकी तिवारीको उपचारमा सहयोग होस् भनी आफूहरुले सानो सहयोग गरेको र यस्तो सहयोगलाई निरन्तरता दिइने एवम् अन्य पीडितसम्म पनि पुग्ने नेता लामाको दाबी छ ।

    रुपाका दाजु दीपकले हालसम्म बहिनीको उपचारमा १५ लाख खर्च भैसकेको भन्दै सहयोगीका कारण बहिनीलाई बचाउन सकिएको बताएका छन् । समाजमा मानवता र सहयोगी भावना जीवितै रहेकाले आफ्नी बहिनीले जीवन पाउनेमा आफूहरु बिस्वस्त रहेको उनले बताए ।

    सच्याइएको : रुपा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।-सम्पादक

     

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...