News Portal

  • विप्लव नेतृत्वको नेकपालाई चुनाैती दिँदै डिल्लीको नेतृत्वमा बन्यो यस्तो कमिटी

    नेपालवाल संवाददाताकाठमाडौँ, १२ असोज
    १५७२ पटक
    काठमाडौँ, १२ असोज

    नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट पत्रकार संगठनले पार्टीको आदेश अवज्ञा गरेको छ । नेतृत्वको बिषयमा पार्टीले हस्तक्षेप गरि प्रकाश डुम्रेको अध्यक्षतामा क्रान्तिकारी पत्रकार संगठनको घोषणा गरेपछि असन्तुष्ट बनेका ५ पत्रकार नेताहरुलाई पार्टी सदस्य समेत नरहने गरि कारवाही गरिएपछि असन्तुष्ट बनेका बहुमत सदस्यहरुले पार्टीको आदेश अवज्ञा गर्दै पार्टी नेतृत्वलाई चुनौती दिएका छन् ।

    क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रीय समितिको प्रथम पूर्ण बैठकले  ५१ सदस्यीय पदाधिकारी चयन गरेको छ । संगठनको केन्द्रीय अध्यक्षमा डिल्लीराज रावत, उपाध्यक्षमा दिप बहादुर घर्ती र जन्मदेब जैशी, महासचिवमा बाबुराम भुसाल र कोषाध्यक्षमा तिलक अधिकारी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी प्रदेश संरचनालाई समेत समेट्ने गरी सविचमा बैकुण्ठ गिरी,जीवन हमाल, उन्नती चौधरी, रुपेन्द्र ऐडि, राजेन्द्र अधिकरी, राज कपुर महर्जन, साहश भट्ट, र धनन्जय बुढा चयन भएका नेता कमल बुढाले बताए ।

    गत बैशाख १५,१६, र १७ गते सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्यसमितिले पदाधिकारीको बिषयमा टुंगो लगाउन सकेको थिएन । पत्रकारको आन्तरीक बिबाद पार्टीमा प्रवेश गरेपछि पार्टीले नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउने र बर्तमान केन्द्रिय सदस्य जन्मदेव जैशी लगायत ५ पत्रकारलाई ४ आरोप लगाउदै पार्टीबाट निस्कासन गरेको सार्वजनिक सूचना समेत जारी गरेको थियो ।निस्कासनमा परेका नेताहरुले आरोप प्रमाणित गर्न चुनाैती दिदै आइरहेको बेला बहुमत सदस्य उनीहरुकै पक्षमा उभिएपछि पार्टी नेतृत्व  अप्ठ्यारोमा परेको देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...