धेरै मानिसलाई लाग्छ मरेपछि काजकिरीया नगर्दा अनर्थ हुन्छ तर हरिपुर-२ जानकीनगर सखुवाका ध्रुव कार्की र उनकी पत्नी आशालाई भने यस्तो लाग्दैन । आमाबाबु बाचुन्जेल बोझ ठान्ने र मरेपछि किरीया बस्नेकुरा ढोंग मात्र भएको उनीहरुको बुझाई छ ।
एक साता अघि असोज-५ मा देहान्त भएका ध्रुवका ७६ वर्षिय बुवा नारायणबहादुर कार्कीको काजकिरीयामा उनीहरु सामेल भएका छैनन् । दाहसंस्कारमा सहभागी भएका ध्रुवले कोरामा बसेर काजकिरीया नगर्दा रुढीबादी आफन्त र छिमेकीहरु आक्रोसीत बनेका छन् । उनीहरुले सामाजिक परम्पराको खिलाफ गएको आरोप लगााउदै ध्रुव दम्पतीलाई सामाजिक बहिस्कारको चेतावनी दिएका छन् तर ध्रुवदम्पती भने आफ्नो अठोटमा दृढ छन् ।
सहोदर भाइ बिष्णु कोरामा बसीरहदा ध्रुवले नत कपाल खाैरेका छन् नत जुठो नै बारेका छन् तर उनले बुबाको फोटोमा माल्यार्पण गरेका छन् र शोकलाई शक्तिमा बदल्दै सामाजिक रुपान्तरणका लागि संघर्ष गरिरहेका छन् । ध्रुव दम्पती नै कम्युनिष्ट आदर्शबाट प्रेरित छन् । भौतिकवादमा बिश्वास गर्ने उनीहरुलाई मृत्यु पछिको कर्ममा बिश्वास छैन । कम्युनिष्टले कल्पना गरेको कम्युनमा बस्दै आएका उनीहरु महोत्तरीको बर्दिबासस्थित आधारशीलामा सामुहिक बसाइका सदस्य समेत हुन् ।
अाफूलाई कम्युनिष्टको ठुलो नेता हुँ भन्नेहरुले नै सामन्ती जड्ता छोड्न नसकेको बेलामा कम्युनिष्ट विचारले प्रेरित ध्रुव जस्ता सामान्य सदस्यका लागि परम्पराको नाममा थोपरिएको संस्कार तोड्नु चानचुने कुरा होइन । यसका लागि इच्छाशक्तिका अलावा ठुलो साहससमेत अपरिहार्य छ । त्यही अदम्य साहस प्रदर्शन गरेर ध्रुव दम्पतीले परीवर्तनको पक्षमा ब्यबहारीक योगदान गरेका छन् । स्थानीय परीवर्तनप्रेमी पीढिले उनीहरुबाट पाठ सिकिरहेका छन् । यतिबेला उनका शुभचिन्तकहरु बुवाप्रति श्रद्धान्जली र परीवारजनमा समबेदना दिन उनकोमा पुगिरहेका छन् र उनले खोलेको बाटोमा हिड्न प्रेरणा प्राप्त गरिरहेका छन् ।
बिरोधीहरु उनीसंग बाैद्धिक बहस गर्न चाहदैनन् , उनीहरुको नजरमा मृत्यु सस्कार नमान्ने ध्रुव ठुला अपराधी बनेर उभिएका छन् । बाजुन्जेल ध्रुबको बुबाको खुशीको लागि सिन्को नभाच्नेहरु , रोगले १५ बर्षसम्म थला पार्दा फर्केर नहेर्नेहरु यतिबेला मृत्यु पछि बैतर्नी तार्ने बहानामा ध्रुवमाथि आफ्नो विचार लाद्न चाहन्छन् । बाजुन्जेल बुवाको सेवामा कुनै कसर बाँकी नराखेका ध्रुव दम्पती बैतर्नी तार्ने काममा नलागेकै कारण ती मानिसहरुले उनलाई ध्रुबे हात्तीको संज्ञा दिएका छन् । सार्वजनिक रुपमै उनीहरुले ‘अचेल गाउँमा ध्रुबे हात्तीले आतंक मच्चाइरहेको ‘ अभिव्यक्ति दिदै उनको स्वतन्त्रतामाथि लात हान्ने कुचेष्टा देखाइरहेका छन् । ‘म मुडुला कार्की कुलायन व्यवस्थापन क्षेत्रीय समितिलाई, ध्रुव कार्कीलाई कुलबाट बहिस्कार गर्न अपिल गर्दछु,’ उनका एक आफन्तले आफ्नो फेसबुकमा स्टाटस नै लेखेका छन् ।
”जसले जे बुझ्छ त्यहि गर्ने हो, मैले आफूले बुझेको कुराको विपरीत काजक्रियामा सरिक हुनु लोकलाजका लागि गरिने नौटंकी बाहेक केहि हुन् सक्दैनथ्यो । परम्पराको नाममा अबैज्ञानिक सस्कारको पछि लागेर हामी अघि बढ्न सक्दैनौ ।” ध्रुव भन्छन् ।
वास्तवमा, हामीले बुझ्नपर्ने कुरा के हो भने अबैज्ञानिक सस्कारको पछि लाग्नु आफू मात्र होइन आफ्नो समाजलाई नै पछि पार्नु हो । धर्म, संस्कार,रीतिरिवाज र चालचलन हामीले निर्माण गरे अनुसार नै बन्दै जाने कुरा हुन् ।
यी परम्परा हाम्रा लागि बनाइएका हुन् नकी परम्पराका लागि हामी । यसर्थ धर्म, संस्कार,रीतिरिवाज र चालचलनलाई बोझिलो नभइ सरल बनाउदै लानु पर्दछ । यसकालागि समयसापेक्ष परिवर्तन आवश्यक छ ।
हिजोका १६ संस्कार आज ३ वटा(जन्म,बिबाह र मृत्यु)मा सीमित हुदै छन् । आज सतीप्रथा कथा बनिसकेको छ । हिजोका दिनमा रातभर लगाएर गरिने बिबाह कर्म अचेल १० मिनेटमै सम्पन्न हुदैछन् । यसका लागि पनि हिजोका दिनमा धेरै ध्रुवहरुले समाजसंग संघर्ष गरेका छन् जुन अाज एकादेशमा कुरा बनिसकेको छ । आज मृत्युसंस्कारमा ध्रुव दम्पतीले देखाएको साहस पनि भोलीका दिनमा आम कुरा हुने निस्चित छ । कुनै पार्टीको सदस्य हुनु नहुनु ठुलो कुरा होइन, समाज हामी सवैको साझा हो । समाज परीवर्तनका लागि यतिबेला तपाईहरुले देखाइरहनुभएको साहसलाई ह्दयदेखि सलाम छ ।