News Portal

  • अमरेशको क्षेत्रमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भीडन्त, गोली लागि एकको ज्यान गयो

    प्रेमनाथ पाैडेलसर्लाही, १३ कात्तिक
    ८३१ पटक
    सर्लाही, १३ कात्तिक

    सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत रामनगर गाउँपालिका- ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप हुदा एक जनाको ज्यान गएको छ। बिहान ७ वजे भएको झटपमा परि ६५ बर्षका कांग्रेस कार्यकर्ता बिलास महतोको ज्यान गएको हो ।

    सत्तारुढ दल नेकपाका कार्यकर्ताले चलाएको गोली बाट कांग्रेस कार्यकर्ता महतोको ज्यान गएको  सर्लाही क्षेत्र नम्वर ४ प्रदेश क बाट निर्वाचित सान्सद  बिरेन्द्र सिहले बताए । गोली लागेर अन्य सात जना घाइते भएको उनको भनाइ छ ।

    घाइते लिन गएको एम्बुलेन्स माथी समेत नेकपा कार्यकर्ताहरुले तोडफोड गरेकाले घाइतेलाइ उपचारमा लैजान समस्या परेको थियो । पछि थप सुरक्षा कर्मी परिचालन गरि झडप लाई नियन्त्रणमा लिएपछि घाइतेहरुलाई उपचार को लागि जिल्ला बाहिर पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले  जनाएको छ ।

    हिजो सोमबार बिहान सोही नगरपालिकाको वडा नम्वर ४ बाट निर्वाचीत वडा अध्यक्ष रामनरेश महतोलाइ नेकपाका कार्यकर्ताले कुटपिट गरेपछी झगडा सुरु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए । नेकपाका कर्यकर्ताहरुले वडा अध्यक्ष महतोको घरमा समेत तोडफोड गरेका थिए । समान्य बिकास निर्माणका कामको बिषयलाई लिएर भनाभन हुदा झडपलेे उग्र रुप लिएको थियो ।

    त्यस स्थानमा थप घटना नघटोस भन्नको लागि  प्रसस्त प्रहरी परिचालन गरिएको र अहिले अवस्था सामान्य बनेको बताइएको छ ।

    सत्तारुढ नेकपाले सत्ता र शक्तिको आडमा गोली चलाएको कांग्रेसका स्थानीय नेताहरुले आरोप लगाएका छन् । उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट केन्द्रिय राजनीतिमा चर्चित नेता अमरेशकुमार सिंह प्रतिनिधि सभा सदस्यमा निर्वाचित रहेका छन् । उनीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...