News Portal

  • अहिलेसम्मकै लामो गोहि भेटिएपछि

    नेपालवाल संवाददाताउदयपुर, १४ कात्तिक
    १०९५ पटक
    उदयपुर, १४ कात्तिक

    स्थानीयहरुले माछा मार्ने क्रममा ५ फिट ३ इन्च लम्बाई र दुई फिट चौडाइको गोही भेटिएको हो। स्थानीयहरुले माछा मार्ने क्रममा गोही भेटिएपछि इलाका प्रहरी कार्यालयलाई उनीहरुले जानकारी दिएका थिए ।

    इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नविन सिंहले भने, ‘गोही भेटिएको जानकारी आएलगतै उद्धार गरि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएका छौ,’ उनले भने, ‘खोलामा गोही भेटिएको ‘वन्य जन्तु संरक्षण गर्ने कार्य वन कार्यालयको भएकाले डिभिजन वन कार्यालयलाई जिम्मा लगाएका हौं।’

    यस्तै गोहीको घाँटी र मुखमा चोट लागेकाले उपचार गर्नु पर्ने स्थिति रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा जिम्मा लगाएको डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए। उनले भने, ‘गोही घाइते रहेछ । हाम्रो टोलीले उद्धार गरेर कोशी टप्पु वन्यजन्तु आरक्षमा जिम्मा लगाइ सकेका छौ।’

    उनका अनसार घाइते नभएको अवस्था कोशीकै सानो भङ्गालोमा छाडिने थियो। तर घाइते भएकोले ठूलो जनावरले आक्रमण गर्न सक्ने वा आफैले आहारा खान नसक्ने भएकाले आरक्षमा लगेर जिम्मा लगाएका उनले बताए। उनले भने, ‘कोशी टप्पु आरक्षमा केही महिना घाईते गोहीको उपचार गरेर निको भएपछि प्राकृतिक रुपमा छाडिने छ।’

    घाईते गोही कोशी नदी हुँदै मुर्ति खोलासम्म आइपुगेको हुनसक्ने वन अधिकृत आचार्यले बताए। उदयपुरको पूर्व क्षेत्रमा पर्ने वन क्षेत्रमा कहिले ठूला दुर्लभ अजिङगर त कहिले सालक लगायतका वन्जयजन्तु भेटिने गरेको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...