News Portal

  • हेटौँडामा डरलाग्दो सडक दुर्घटना, दुईजनाको ज्यान गयो

    रामकृष्ण सिवाकोटीहेटाैंडा, २ मंसिर
    ८३७ पटक
    हेटाैंडा, २ मंसिर

    हेटौँडामा आईतबार डरलाग्दो सडक दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ ।  एउटा मालवाहक ट्रकले मोटरसाइकल र अटोलाई किच्दा दुईजनाको ज्यान गएको हो  ।

    हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा अपरान्ह उक्त दुर्घटनामा भएको थियो । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टिएपछि मोटरसाइकल र अटोलाई किचेको प्रत्यक्षदर्सीले बताए ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-४ का २० वर्षीय सुदीप घिमिरे र अटोमा सवार हेटौंडा-४ की ३५ वर्षीया गंगा चेमजोङ रहेको प्रहरीले जानकारी गराएको छ ।  किचिएका घिमिरे र चेमजोङको  हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भईरहेको बताईएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...