राक्सिराङ गाउँपालिकाकी गंगामाया चेपाङ १२ वर्षको उमेरमा नै आमा बन्न लागेकीछन् । उनी गर्भवती भएपछि उनलाई अहिले अस्पताल पुर्याइएको छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा गंगामायलाई अस्पताल पुर्याइएको हो । प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो ।
प्रधानमन्त्री कार्यालयले गंगामायाको उद्धार र उपचार गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङगको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो ।