सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लागि आवेदन फारम भर्न समस्या भएको छ । शुक्रबारदेखि खुला गरिएको आवेदन फारम कमसल सर्भरका कारण भर्न समस्या भएको हो ।
खुलेको केही छिनमै विभागको सर्वर डाउन भएपछि अनलाइन फारामको आवेदन अवरुद्ध भएको छ । सर्वर डाउन गरेर सेवाग्राहीलाई सास्ती गराउने र दलाल मार्फत फारम भरेको समेत रकम असुल्ने नियत रहेको सेवाग्राहीहरुको आरोप छ । यातायात व्यवस्था विभागका अनुसार भने एकैपटक सबैले फारम भरेकाले ओभरफ्लो भएको कारण समस्या उत्पन्न भएको हो ।
लामो समयपछि लाइसेन्सको फारम खुल्दा पनि फारम भर्न समस्या भएपछि सेवाग्राहीहरु चिन्तित बनेका छन् ।