News Portal

  • चकलेट खान दिई फकाएर अपहरणपछि ८ वर्षीय बालकको हत्या

    नेपालवाल संवाददाताकाठमाडौ, १३ मंसिर
    ९४४ पटक
    काठमाडौ, १३ मंसिर

    २ दिनदेखि अपहरित ८ वर्षीय बालकको शव फेला परेको छ । काठमाडौंको नयाँ बसपार्कमा २ दिनअघि बेपत्ता बनेका बालक ८ वर्षीय प्रयास कुँवरको अपहरण पछि हत्या भएको अवस्थामा शव फेला परेको हो ।

    स्वस्तीका गेष्टहाउसका सञ्चालक प्रविण कुँवरका छोरा कक्षा १ मा अध्यनरत ८ वर्षीय प्रयासको गेष्टहाउसकै गाडी चालक स्याङ्जा भिरकोटका महेन्द्र सार्कीले अपहरणपछि हत्या गरेको प्रहरीले जानकारी गराएको छ । हत्या गरेर बालकको शव झोलामा हालेर सामाखुशी खोलामा फालेको अवस्थामा भेटिएको हो ।

    हराएका बालकको बाबु संगै खोजी कार्यमा संलग्न सार्की बालकसँग हराउनु अघिसम्म देखिएपछि उनीमाथि प्रहरीले अनुसन्धान केन्द्रित गरेको थियो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार सार्कीले मालिकसंग तलबको विषयलाई लिएर विवाद भएपछी उनको अबोध छोराको हत्या गरेको स्वीकार गरेका छन ।

    बालक एक्लै भएको मौका पारि सार्कीले चकलेट खान दिई फकाएर गेस्ट हाउसबाट बालकलाई होटलकै गाडीमा चढाएर जंगल तर्फ लागेको र गाडीभित्रै बालकको नाकमुख तथा घाँटी थिचेर हत्या गरेको प्रहरीसामु उनले बयान दिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...