काठमाडौंमा भैरहेको एसिया प्यासिफिक सम्मेलनलाई लक्षित गरेर गरिएको जोरबिजोर प्रणाली खारेज भएको छ । ३ दिनसम्मको लागि भनिएको जोरबिजोर प्रणालीको आलोचना भएपछि खारेज भएको हो ।
गृह मन्त्रालयको निर्देशनमा शुक्रबार बिहान ११ः३० बजेदेखि लागू हुनेगरी जोरबिजोर प्रणाली हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना मार्फत जानकारी गराएको छ ।
यस अघि काठमाडौं उपत्यकामा मंसिर १३ गतेदेखि १६ गतेसम्म जोरबिजोर प्रणाली लागु गर्ने गृह मन्त्रालयले जनाएको थियो । बिहीबार यसले जनतालाई सास्ती भएपछि सरकारले शुक्रबारबाट लागू हुने गरी उक्त ब्यवस्था हटाएको हो ।