News Portal

  • चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसले पायो बस

    प्रेमनाथ पाैडेलसर्लाही, १४ मंसिर
    १५७४ पटक
    सर्लाही, १४ मंसिर

    सर्लाही जिल्लाको दोस्रो तथा उतरी क्षेत्रकै पहिलो क्याम्पस चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका लागि नगरपालिकाले एउटा नयाँ बस किनेर हस्तान्तरण गरेको छ ।

    विश्वविद्यालय अनुदान कार्यक्रम मार्फत जिल्लाकै उतरी क्षेत्र हरिवन नगरपालिका -१० सुखेपोखरी मा रहेको चतुरभुजेश्वर जनता क्यामपस लाई हरिवन नगरपालिका ले एक कार्यक्रम का बिच करिब २७लाख मूल्य बराबर को बस हस्तान्तरण गरेको हो ।

    चतुरभुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन स्वबियुका सभापती प्रज्वल ढुङ्गानाको अध्यक्षता एवम् हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंको प्रमुख आतिथ्यतामा शुक्रवार आयोजित बिशेष कार्यक्रमका बीच मेयर प्रसाईंले बसको चाबी सहित बस हस्तान्तरण गरे ।

    उक्त अवसरमा मेयर प्रसाईंले ईन्टरनेट सहितको पुस्तकालय (ई -लाईब्रेरी) भवनको समेत उदघाटन गरेका थिए ।

    उनले कार्यक्रममा आफ्नो धरणा राख्दै क्याम्पसमा अझ स्तरोन्नती गर्ने, गुणस्तरीय शिक्षाको केन्द्र र नमुना प्राविधिक क्याम्पसको रुपमा अगाडि बढाउने आफ्नो लक्ष्य रहेको बताउदै त्यस तर्फ भरपुर रुपमा आफू लागेकै कारण आज क्याम्पसले यो उपलब्धी हासिल गर्न सफल भएको दावी गरे । समाज रुपान्तरण र बिकाश निर्माणका लागि योगदान गर्न पनि क्याम्पसमा अध्यनरत विद्यार्थीले उचित वातावरण पाउनुपर्नेमा जोड दिदै उनले अध्ययन मात्रै होईन राजनीति पनि बुझ्न र असल नागरिकको भुमिका निर्बाह गर्न विद्यार्थी सक्षम बन्नुपर्ने बताए ।

    २०४६ मा बहुदले व्यवस्था आए पश्चात् २०४८ मा मानविकि संकायको प्रबिणता प्रमाणपत्र को पढाइ सुरु गरेको क्याम्पसले अहिले मास्टर लेबल सम्म मानबिकी ,म्यानेजमेन्ट तथा साईन्स बिषय सहितको पढाइ संचालन गरिरहेको क्याम्पसले आफ्नो झन्डै तीन दशकको लामो समय पश्चात् बस त्यसैगरी ई लाईब्रेरी को कक्षा सन्चालन गर्नपाउनु खुशीको कुरा भएको क्याम्पस प्रमुख हरिलाल मैनालीले कार्यक्रममा बताए ।

    त्यस्तै क्याम्पस को पढाइ लाई अझ गुणस्तरीय गराउन र क्याम्पसलाई नमुना क्याम्पस बनाउन विभिन्न बिघ्न बाधा हरु लाई चिर्दै नगरपालिकाले विश्वविद्यालयको सहयोगमा पुस्तकालय भवन र बस हस्तान्तरण गर्न सफल भएको प्रति आफूहरु निकै नै खुसी भएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकालको भनाइ थियो ।

    कार्यक्रम मा नगरपालिका कि उपमेयर रेनुका पौडेल ,वडा नम्बर १० का वडा अध्यक्ष शम्भु मैनाली, विभिन्न वडाका वडा अध्यक्षहरु, नेकपाका नेता बिदुर कुमार प्याकुरेल ,क्याम्पस ब्यबस्थापन समितिका कोषाध्यक्ष श्यामबाबु कार्की, क्याम्पसका प्रध्यापक घनश्याम पन्त लगायतले आ आफ्नो धारणा राखेका थिए भने क्याम्पसमा अध्यनरत विभिन्न भाइ बहिनीहरुले गीत संगीत लगायत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...