News Portal

  • मेलम्चीलाई ६० दिनको म्याद

    नेपालवाल संवाददाताकाठमाडौँ, १६ मंसिर
    ६२६ पटक
    काठमाडौँ, १६ मंसिर

    मेलम्चीको आशामा आखाँ बिछ्याइबसेका राजधानीवासीले फेरि अर्को आस्वाशन पाएका छन् । मेलम्चीको पानी ६० दिनमा राजधानीमा ल्याइपुर्याउने खानेपानी मन्त्रालयले प्रतिबद्धता जनाएको हो ।

    प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आइतवारको बैठकमा मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिनमा सम्पूर्ण काम सकेर सुन्दरीजलसम्म प्रशोधन केन्द्रमा पानी ल्याइपुर्याउने प्रतिबद्धता प्रकट गरे ।

    यसअघि युवा उर्जाका साथ मन्त्रालय सम्हालेकी खानेपानी मन्त्री विना मगरले दशैँको उपहारस्वरु मेलम्चीको पानी राजधानी ल्याइपुर्याउने बताएपनि सो अनुसार हुन नसक्दा राजधानीबासी निरास बन्दै आएका छन् । तर,यो पटक राजधानीबासी निरास बन्नु नपर्ने सचिव गजेन्द्रकुमारले दाबी गरे ।

    पहिलो चरणमा पानी आएलगत्तै उपत्यकाका १ लाख ८० हजार धारामा पानी वितरण गरिने सचिव ठाकुरले बताए । आयोजना सम्पन्न भएपछि दैनिक १७ करोड २८ लाख लिटर पानी राजधानीमा वितरण हुने छ ।

    मन्त्रालयले पानीको महसुल पनि न्यूनतम रु ३ सय हुने गरी बढाउने बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...