News Portal

  • नेकपाको प्रदेश कमिटीको टुंगो, पूर्वएमालेलाई ५३, माओवादीलाई ४६ प्रतिशत सदस्य

    नेपालवाल/संवाददाता२०७५ मंसिर १७ गते
    ७६३ पटक
    २०७५ मंसिर १७ गते


    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्ततः प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले सोमवार प्रदेश सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।

    सार्वजनिक नामावली अनुसार प्रदेश १ मा २०७ जनाको कमिटी बनेको छ । जसमा तत्कालीन माओवादी केन्द्रबाट ८५ र तत्कालीन एमालेका १२२ जना रहेका छन् । त्यस्तै प्रदेश २ मा २१५ सदस्यीय कमिटी बनेको छ । जसमा तत्कालीन एमालेका १०६ र तत्कालिन माओवादी केन्द्रबाट १०६ र एकताबाट आएका ३ जना रहेका छन् ।
    प्रदेश ३ मा २१७ सदस्यीय बनेको छ । जहाँ तत्कालीन एमालेका ११६ र तत्कालीन माओवादीका १०१ जना रहेका छन् ।

    त्यस्तै गण्डकी प्रदेश १८७ सदस्यीय बनेको छ । जसमा तत्कालीन एमालेका १०२ र माओवादीका ८५ जना परेका छन् । प्रदेश ५ मा २०३ सदस्यी बनेको छ । जसमा तत्कालीन एमालेका १०६ माओवादीका ९७ जना सदस्य परेका छन् ।

    त्यस्तै, माओवादीको प्रभाव रहेको कर्णाली प्रदेश १७५ सदस्यीय बनेको छ । यसप्रदेशमा तत्कालीन एमाले भन्दा माओवादीले १ सदस्य बढी पाएको छ । यसमा तत्कालीन एमालेका ८७ र माओवादीका ८८ जना सदस्य बनेका छन् ।

    सुदुरपश्चिम प्रदेश भने १८३ सदस्यी बनेको छ । जसमा तत्कालीन एमालेका १ सय र माओवादीका ८३ जना प्रदेश कमिटीमा अटाएका छन् ।
    १३९० सदस्य रहेको सातवटा प्रदेश कमिटीमा ‘प्रतिष्ठित’ व्यक्तिदेखि साना पार्टीका केन्द्रीय अध्यक्षसम्म अटेका छन् ।

    नेकपा माले, नयाँ शक्ति पार्टी, फोरम लोकतान्त्रिक, राप्रपा, राजपा, संघीय समाजवादी फोरमका केन्दीय सदस्यहरू पनि नेकपा प्रदेश कमिटी सदस्य बनेका छन् ।
    पूर्वनेकपा एमाले र पूर्वमाओवादीवीच करिब ५३/४६ प्रतिशतको भागवण्डा मिल्ने गरी नेकपाले सातवटै प्रदेश कमिटीहरुको टुंगो लगाएको हो । करिब ०.२१ प्रतिशत सदस्य अन्य दलबाट लिइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...