News Portal

  • महोत्तरीमा ‘दो फूल’ बन्देज

    विमल आचार्यमहोत्तरी, १७ पुस
    १५२८ पटक
    महोत्तरी, १७ पुस

    महोत्तरी जिल्लामा भारतीय कम्पनीको ‘दो फूल’ नामक खाने तेल बिक्री वितरणमा रोक लगाइएको छ । उक्त खाने तेल खान अयोग्य भएको ठहर गर्दै बिक्री वितरणमा रोक लगाइएको हो ।

    जिल्लामा छ्याप्छ्याप्ती पाइने उक्त ब्रान्डको खाने तेलको बारेमा पटक पटक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयसंग समन्वय गरि नमूना परिक्षण गरिएको थियो । जलेश्वरस्थित तीन वटा पसल बाट तेलको नमूना लिएर गएको कार्यालयले गुणस्तर नभएको रिपोर्ट दिएपछि उक्त तेललाई बन्देज गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिएको उक्त तेलको बिक्री बितरणमा आइतबारबाट बन्देज लगाएको हो । त्यसैगरी उक्त बैठकले ठूलो आवाजमा डिजे बाजा बजाउन बन्देज गर्ने लगायतको निर्णय समेत गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...