पैसाको प्रलोभन देखाई फकाई फुलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा बटेश्वर गाउँपालिका–५ बस्ने २८ वर्षीय सुरेन्द्र पाण्डे रहेका छन ।
पाण्डेले बस्ने सोही ठाउँ बस्ने बर्ष १२ की बालिकालाई मङ्सिर २१ गते बिहान जबरजस्ती करणी गरेको अभियोगमा उनलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको बताइएको छ ।
कालिपुरचौरस्थित चौरमा लगी बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बटेश्वर र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।