News Portal

  • बिना चन्दा काँग्रेसको महासमिति बैठक, १ करोडले धान्ने

    काठमाडौं, २८ मङ्सिर
    ६७८ पटक
    काठमाडौं, २८ मङ्सिर

    नेपाली कांग्रेसको महासमिति बैठक शुक्रबारबाट सुरु हुँदैछ । औपचारिक उद्घाटन भने शनिबार मात्रै हुनेछ । यो पल्ट कांग्रेसले खर्चमा नियन्त्रण गरेको र कसैसँग पनि चन्दा नमागेको बताइएको छ । यसअघि कांग्रेसले चन्दाका लागि विभिन्न निकायलाई पत्राचार गर्ने गरेको थियो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘यो पल्ट महासमिति बैठकलाई लक्षित गरी तल्लो निकायदेखि केन्द्रसम्म कसैसँग पत्राचार गरेर चन्दा मागिएको छैन ।’

    बैठकका लागि एक करोड खर्च लाग्ने अनुमान गरिएको छ । ७७ जिल्लाका महासमिति सदस्य, विदेशमा रहेका जनसम्पर्क समिति, भ्रातृ संस्थासहितका प्रतिनिधि र पर्यवेक्षक गरी झण्डै १६ सय नेता कार्यकर्ता सहभागि हुँदैछन् । सहभागिलाई विहानको खाजा, खाना र दिउँसोको खाजाको व्यवस्था मात्रै गरिएको छ । बेलुकीको खाना र बासको व्यवस्था आफै गर्नु पर्ने भनिएको छ । सहभागिलाई झोला, निर्माण व्यवसायी महासंघका अध्यक्षले आफ्नो व्यक्तिगत खर्चमा व्यवस्था गरिदिएको बताइएको छ ।

    कार्यक्रम भने पार्टी प्यालेसमा राखिएको छ । उदघाटनदेखि बन्दसत्र त्यही पार्टी प्यालेसमा हुनेछ । पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्रको छलफल चल्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महासमिति बैठक बोलाएको हो ।

    पाँच महिनामै ६ करोड खर्च
    कांग्रेसले चालू आर्थिक वर्षको पाँच महिनामै ६ करोड ९० लाख खर्च गरेको छ । अघिल्लो वर्ष ५ करोड ८५ लाख खर्च हुँदा एक करोड ८४ लाख बचत भएको थियो । विहिबारको केन्द्रीय कार्यसमितिको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गरिन् । लेखा परिक्षण समितिका तर्फबाट संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।

    कांग्रेसका महासमिति बैठक तथा सम्मेलनहरू
    १. वैरगिनियाँ सम्मेलन, भारत (२००७, असोज)
    २. विशालनगर, काठमाडौँ (२००९ भदौ)
    ३. नेपालगञ्ज, बाँके (पुस, २०१०)
    ४. वीरगञ्ज, पर्सा (२०१४)
    ५. पटना, भारत (२०३४, असोज)
    ६. चाक्सीबारी(काठमाडौँ) सम्मेलन (२०४६ माघ ५–७)
    ७. नारायणगढ, चितवन (२०४९ माघ)
    ८. पोखरा, कास्की (२०५१ फागुन)
    ९. नेपालगञ्ज, बांके (२०५४ कात्तिक)
    १०. बीपीनगर, ललितपुर (२०६४ असोज)
    ११. कमलादी, काठमाडौं (२०६६ कात्तिक)
    १२. सिंहदरबार अगाडि, काठमाडौं (२०७५ मङ्सिर २८ देखि पुस ३ सम्म)

    हाम्रा कुराबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...