News Portal

  • अखाद्य वस्तु मिसावट गर्ने ७९ उद्योग विरुद्ध मुद्दा दायर

    नेपालवाल संवाददाताहेटौँडा, ४ पुस
    ६७१ पटक
    हेटौँडा, ४ पुस

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ ।

    कार्यालयका अनुसार २०७५ साउनदेखि कात्तिकसम्म विभिन्न ठाउँमा गरिएको अनुगमन तथा खाद्य वस्तुको परीक्षण गर्दा दूषित एवम् अखाद्य वस्तु मिसावट गरिएको आरोपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ ।

    खाद्य अनुसन्धान अधिकृत आकाश काफ्लेका अनुसार बारा, पर्सा, मकवानपुर, सर्लाही, चितवन र रौतहटका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सङ्कलित नमूनामा जाँच गर्दा कमीकमजोरी पाइएकाले मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएका ७९ वटा उद्योगमा दुग्धपदार्थ, चियाकफी, तेल, घ्यू, पानी, दालदलहन तथा दानालगायतका खाद्य पदार्थ रहेको बुझिएको छ ।

    कार्यालयले नियमित रुपमा अनुगमन, निरीक्षणका साथै चेतनामूलक कार्यक्रम गरी उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई सचेत गराउँदै आएको छ । यसैगरी सो कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न ठाउँबाट सङ्कलन गरी ल्याइएको खाद्यपदार्थको जाँच गर्दा कमीकमजोरी भेटिएका वा पाइएका ११९ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठान माथि मुद्दा दायर गरेको कार्यालयबाट उपलब्ध विवरणमा उल्लेख गरिएको छ ।

    साथै कार्यालयले सो अवधिमा अनुज्ञापत्र नवीकरणबाट रु छ लाख २४ हजार तथा अनुज्ञापत्र जारी र विविध कामबाट रु चार लाख २८ हजार राजश्व सङ्कलन गरेको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...