News Portal

  • बाल मनोविज्ञानमा आधारित पहिलो चलचित्र ‘मिराज’

    भक्तपुर, २९ पुस
    १३२५ पटक
    भक्तपुर, २९ पुस

    कलाकारसमेत रहेका निर्माता प्रकाश सुब्बाको लगानीमा बाल मनोविज्ञानमा आधारित चलचित्र ‘मिराज’ निर्माण भएको छ ।

    चलचित्रमा प्रकाश १५ वर्षको बालक र ३० वर्षको युवकको भूमिकामा देखिएका छन् । एकै व्यक्ति किसोर र युवकको भूमिकामा देखिनु चलचित्र जगतमा दुर्लभ मानिन्छ । १५ वर्षको बालकको भूमिका निर्वाह गर्नका लागि उनले २० किलो तौल घटाएका थिए ।

    मिराज बनाउन तीन वर्ष लागेको निर्माता सुब्बाले जानकारी गराए । यो बाल मनोविज्ञानमा आधारित पहिलो चलचित्र भएको समेत उनको दावी छ ।

    पूर्वी नेपालमा छायांकन गरिएको फिल्ममा अशोक चेम्जोङ, रुबी आचार्य, गुरु लामा कार्की, सरोज केसी, तीर्थ यक्सो, शिशिर सुवेदी, केशव रायमाझी, दिनेश कोइराला, भीम लामालगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

    यसअघि त्रास, बाटो मुनिको फूल २, गोल लगायतका चलचित्रमा अभिनय गरेका प्रकाश सुब्बाको यो सन्देशमुलक सन्पेन्स चलचित्र नयाँ बर्षको अवसर पारेर बैशाखमा प्रदर्शन गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...