News Portal

  • २ हजार बढी विद्यार्थी अध्ययनरत रत्नराज्यलाई राहत

    काठमाडौं, १९ माघ
    ८५५ पटक
    काठमाडौं, १९ माघ

    बानेश्वरस्थित रत्नराज्य माविले नयाँ भवन प्राप्त गरेको छ । भूकम्पले विद्यालयको भवनमा क्षती पुर्याइदिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालयलाई ४ तले सुविधासम्पन्न भवन पुन: निर्माण गरिदिएको हो ।

    शुक्रवार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक कार्यक्रमका बीच उक्त भवन विद्यालयलाई हस्तान्तरण गरे । ज्ञवालीलाई जिल्ला आयोजना कार्यान्वयन  इकाई काठमाडौका प्रमुख अर्जुनबहादुर रायमाझीले भवनको अवलोकन गराएका थिए। ज्ञवालीले भवनको सांकेतिक साँचो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रअलाई सुम्पदै भवनको स्वामित्व हस्तान्तरण गरेका थिए । उक्त भवन  एसियाली बिकाश बैंकको आर्थिक सहयोगमा बनेको हो । २ वटा भवनको लागि करीव ५ करोड लागत छुट्याइएको भएतापनि केहि व्यक्तिहरुको बिबादका कारण अर्को भवन भने बन्न सकेको छैन ।

    भवन हस्तान्तरण कार्यक्रममा बोल्दै  प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणको काम सन्तोषजनक रहेको समेत दावी गरे । प्राधिकरणको कामबाट दाताहरु सन्तुष्ट रहेको जिकिर गर्दै उनले विद्यालय भवन समयमै बनेको मात्र नभई विद्यार्थीमैत्री बनेकोसमेत बताए । शिक्षाबाट नै सुखी नेपाली र समृद्ध नेपाल सम्भव भएको भन्दै ज्ञवालीले विद्यालय पुनर्निर्माणमा कुनै कन्जुस्याई नहुने समेत स्पष्ट पारे ।

    विद्यालय भवन पाएपछि विद्यालयको पठन पाठन थप प्रभावकारी हुने भन्दै रत्नराज्य माविकी प्रअ गीता खरेलले प्राधिकरण र जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौका कर्मचारीको खुलेर प्रशंशा गरिन् । बाइस सय विद्यार्थी रहेको आफ्नो विद्यालयमा केहि मानिसहरुले भवन नबनाउन र विद्यार्थी संख्या घटाउन दबाब दिएको खुलासा गर्दै उनले सामुदायिक विद्यालय विरोधीहरुको लागि एक भवन चुनौती बनेर खडा भएको तर अर्को भवनमा बन्न नसक्दा दुख  लागेको बताइन । उनले स्थानीय जनप्रनिधिहरु जिम्मेवार बन्न नसक्दा बिद्यालय भवनको बिबाद नसुल्झिएको र आफूहरुले निजि घर बनाउन खोजेको जस्तो व्यवहार हुदा पीडा भएको भएपनि हिम्मत नहार्ने बताइन ।

    उक्त अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष सूर्य भण्डारीले सामुदायिक विद्यालय सबैको साझा भएकोले कसैले घरमा लिएर जाने जस्तो सोचेर असहयोग गर्नु नहुनेमा जोड दिएका थिए भने बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालय पवित्र मन्दिर भएकोले यसको बिरोध गर्नेहरुलाई पुन्य नमिल्ने धारणा व्यक्त गरे ।

    कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, राजनीतिक दलका नेता,प्राधिकरणका कर्मचारी, शिक्षासेवी, अभिभावक र शिक्षक विद्यार्थी लगायत सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...