News Portal

  • पार्टी एकता प्रकृया नसोचेको जसरी लम्बियो : प्रवक्ता प्रकाश

    प्रेमनाथ पौडेल सर्लाही, २ फागुन
    ८३२ पटक
    सर्लाही, २ फागुन

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी एकता प्रकृया यस्तो ढिला होला भन्ने आफूहरुले सोच्दै नसोचेका बताएका छन् ।

    सर्लाहीको लालबन्दीमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले भने, ”पहिला ३ महिनापनि लाग्दैन भन्ने लागेर ३ महिना समय राखियो, तर तीनगुणा बढी समय वितिसक्यो त्यै पनि लम्बिरहेको छ ।”
    एकता कार्यदलले प्रतिवेदन बुझाईसकेको उल्लेख गर्दै उनले अब छिट्टै तल्लो तहसम्मको एकता प्रकृया पुरा गरी पार्टीलाई नयाँ गति दिईने दाबी समेत गरे ।

    एक फरक प्रसंगमा नेता प्रकाशले लोकतन्त्रको नारा उचाल्दै प्रतिपक्ष नेपाली कांग्रेसले अलोकतान्त्रिक चरित्र प्रस्तुत गरिरहेको आरोप लगाए । ”लोकतन्त्रको कुरा गर्ने तर जनताले चनेको सरकारचाँही मैले भने जसरी मात्र चल्नपर्छ भन्ने प्रतिपक्षको मान्यता कसरी लोकतान्त्रिक चरित्र हुन्छ र ?” श्रेष्ठले प्रतिप्रश्न गरे। लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने प्रतिपक्ष पार्टीले जनताले विश्वास गरेर बनेको सरकारलाई ५ वर्ष काम गर्न अवरोध गर्न नहुने उनको जिकिर थियो ।

    भेनेजुयला प्रकरणमा सरकार र पार्टीको एकमत विचार रहेको दाबी गर्दै पुर्व परराष्ट्र मन्त्री समेत रहेको प्रकाशले कनैपनि सार्वभौम देशप्रति बाह्य हस्तक्षेप सह्य नहुने दाबी गरे ।दुई अध्यक्षले जे बोलेपनि भेनेज’यलाको विषयमा पार्टी र सरकारको धारणा एकमत रहेको श्रेष्ठको दाबी थियो ।

    उनी जनयुद्ध दिवसको अवसर पारेर बिबिध कार्यक्रममा सरिक भएका थिए । पार्टीका प्रवक्ता प्रकाशले जनयुद्धका शहिद ठाकुर काफ्लेको शालिकसमेत अनावरण गरेका थिए । श्रेष्ठले लालबन्दी- ४ जब्दीमा  शहिद ठाकुर काफ्लेको शालिकको अनाबरण गरे । उनले शालिक अनाबरण गदै एक दिनको सम्झनाले मात्रै नपुग्ने हुदा सहिदको सपना साकार पार्न सबै एक जुट हुँदै सहिदहरुले देखाएको बाटोमा लाग्न पर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सभा सदस्य बेची लुङेली ,डिल्ली प्रसाद उप्रेती जिल्ला तह का नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो । उक्त शालिक पुर्व जनमुक्ति सेना संघको पहलमा स्थापना भएको संघका केन्द्रिय संयोजक देवीबहादुर पराजुलीले नेपालवाललाई जानकारी दिए । शालिक अनावरण पश्चात नेकपा सर्लाहीले केक काटेर २४ औ जनयुद्ध दिवस मनाएको थियो ।

    सर्लाही आएका प्रवक्ता प्रकाशले राजनैतिक क्रान्ति सम्पन्न भैसकेकोले अब आर्थिक क्रान्तिको आवश्यकता भएको भन्दै त्यसको लागि तयार रहन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...