News Portal

  • जनताले अनुभूति गर्ने काम गर्न सुझाव

    इभक्तपुर संवाददाता
    ७३६ पटक

    तनहुँ, ४ फागुन । गण्डकी प्रदेश सरकार गठनको वर्षदिन पूरा भएको अवसरमा तनहुँका राजनीतिक दलका नेता, नागरिक समाज र व्यवसायीले जनताले अनुभूति गर्ने खालका कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको छ ।

    रासससँग कुराकानी गर्दै उहाँहरूले एक वर्षको अवधिमा भएको प्रगतिलाई संस्थागत गर्दै थप नमूना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता श्रीप्रसाद श्रेष्ठले जनतालाई आशा र भरोसा देखाउँदै नयाँ सोचका साथ विकास निर्माणमा सरकार लागिपरेको महसुस भएको बताउनुभयो ।

    सङ्घीय संरचनाअनुसार प्रदेश सरकार नयाँ भएकाले केही अलमलिएको जस्तो देखिए पनि प्रदेशको आवश्यक कानून निर्माण गर्दै विकासको अभियानमा प्रदेश सरकार लागिपरेको उहाँको भनाइ थियो ।

    नेता श्रेष्ठले भन्नुभयो, “कानूनलाई व्यवस्थित बनाउँदै एकरुपता कायम गर्ने र सङ्घीयतालाई व्यवस्थित बनाउनेतर्फ सरकार अघि बढेको महसुस भएको छ ।” सिंहदरबारको अधिकार गाउँमा आयो भन्ने बनाउनेतर्फ सरकार अगाडि बढ्दै गरेको अवस्थामा विकासका काम पनि प्रशस्त भएको भन्दै उहाँले जनमुखी योजनामा सरकारले लगानी गरिरहेको बताउनुभयो ।

    श्रेष्ठले तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्राविधिक विश्वविद्यालय खोल्ने सरकारको निर्णयले समग्र तनहुँकै विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास गरिएको भन्दै आगामी दिनमा अझ जनतामुखी कार्यक्रम सञ्चालन गर्न सरकारलाई सुझाव दिनुभयो ।

    नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति जितप्रकाश आलेले जनताको लागि आर्थिक टेवा पुग्ने, रोजगारमूलक कार्यक्रमलाई सरकारले अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “आधारभूत आवश्यकताको रूपमा रहेको शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेर सरकारले योजना बनाउनुपर्छ र त्यसलाई लागू पनि गर्दैै जानुपर्छ ।”

    प्रदेश सरकारले यसबीचमा जनताका लागि धेरै काम गर्नुपर्ने भए पनि जनताले अनुभूति गर्ने खालको कार्यक्रम सञ्चालन हुन नसकिरहेको भन्दै उहाँले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर जनताको आयस्तरवृद्धि गर्नलाई रोजगारीमूलक उत्पादनमूलक कार्यमा सरकार अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

    उहाँले भन्नुभयो, “प्रदेश सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि प्रदेश सरकार जुन किसिमले अगाडि बढ्नुपर्ने हो, त्यस्तो हुन सकिरहेको छैन, आगामी दिनमा जनतामुखी कार्यक्रम ल्याउनेतर्फ सरकारले ध्यान दिनुपर्छ ।”

    तनहुँ उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष हरिबहादुर थापाले व्यवसायीमैत्री नीतिनियम बनाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिनुभयो । उद्योगमैत्री वातावरण, युवा उद्यमी उत्पादन गर्ने खालका कार्यक्रम ल्याएर रोजगारी सिर्जना गर्नेतर्फ सरकार अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले सरकारको अस्पष्ट नीतिनियमका कारण लगानीकर्ता आकर्षित हुन सकिरहेका छैनन भन्नुभयो ।

    शुक्लागण्डकी नगरपालिकामा औद्योगिकग्राम बनाउने सरकारले यसअघि नै घोषणा गरिसकेको भए पनि घोषणा त्यत्तिकै अलपत्र रहेको जस्तो अनुभूति भएको भन्दै उहाँले त्यसतर्फ सरकारले छिटो निर्णय लिनुपर्ने र त्यसमा सघाउन व्यवसायी तयार रहेको बताउनुभयो ।

    शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले भाषणले मात्रै समृद्धि नआउने भएकाले कामलाई बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनको बेला जनतासामु जे–जस्ता बाचा र प्रतिबद्धताहरू गरिएको थियो ती प्रतिबद्धता अझैसम्म पनि पूरा हुन नसकेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, “प्रदेश सरकार काममा भन्दा पनि भाषणमा मात्रै अल्झिएको हो कि भन्ने जनतामा आभाष हुन थालेको छ । प्रदेशभित्रै रोजगारीको सिर्जना गरेर युवाशक्तिलाई रोजगारी दिने खालको योजना सञ्चालन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...