मकवानपुरको भीमफेदीमा रहेको कारागारका जेलर घुस रकम सहित समातिएका छन । कारागार कार्यालय, भीमफेदीका जेलर शाखा अधिकृत मदन अधिकारीलाई अख्तियारको टोलीले शुक्रवार पक्राउ गरेको हो ।
सोही कार्यालयका चौकीदारसँग रकम माग गरी रकम नदिएमा अन्यत्र कारागारमा सरूवा गरिदिने भन्दै धम्कि दिएका जेलर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले समातेको नियन्त्रमा लिएको छ ।
उनलाई पचहत्तर हजार घुसबापतको रकम लिइसकेको अवस्थामा उनकै निवासबाट नियन्त्रणमा लिइ अनुसन्धान कार्य भईरहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।