News Portal

  • काठमाडौंमा बिआरआइ अन्तर्राष्ट्रिय सम्मेलन

    इभक्तपुर संवाददाता
    १३१२ पटक

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बेल्ट एण्ड रोड इनिसेएटिभ (बिआरआई)’बाट नेपाललगायत दक्षिण एशियाका जनता लाभान्वित हुने बताएका छन् ।

    बिआरआई अन्तर्राष्ट्रिय यातायात सङ्घ र नेपाल अटोमोबाइल एशोसिएशन (नासा)को संयुक्त आयोजनामा मंगलबारदेखि शुरु भएको बिआरआइसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा उक्त परियोजनामा नेपालले हस्ताक्षर भएकाले आफूलाई गर्व लागेको बताए ।

    नेपालमा अहिले शान्ति स्थापना भइसकेको र राजनीतिक रूपमा स्थिरता कायम भएकाले देश अहिले विकासको पथमा रहेको उल्लेख गर्दै उनले भने, “हामी दुई दशकसम्म राजनीतिक उथलपुथलमा बिताए पनि अबको हाम्रो लक्ष्य भनेको विकास नै हो ।”

    यो परियोजना चीनका राष्ट्रपति सी चीन फिङको महत्वाकाङ्क्षी लक्ष्य भएको उनले बताए । नेपालले यसबाट फाइदा लिने प्रशस्त सम्भावना रहेकामा उनको जोड छ । उनले भने, “सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई साकार बनाउन पनि परियोजनाले पनि थप सहयोग गर्नेछ ।”

    नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले विकासोन्मुख देशका लागि बेल्ट एण्ड रोड इनिसेटिभ परियोजना महत्वपूर्ण हुने बताए । उनले भने, “यो परियोजनाले नेपाल र चीनको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्नेछ ।”

    कार्यक्रमको सहआयोजक संस्था युथ कम्युनिटी फर नेपाली कन्ट्र्याक्टरका अध्यक्ष आनन्द सुवेदीले सम्मेलनले सडक, यातायात र पूर्वाधार विकासका विषयमा विस्तृत रूपमा छलफल हुने बताए ।

    बुधबारसम्म चल्ने सम्मेलनमा १२ देशका १४० जना सहभागी रहेकोे आयोजकले बताएको छ । सम्मेलनमा छलफलका लागि नेपाल र बिआरआई अभियान, पूर्वाधार र विकास, पर्यटन र व्यापार, सुरक्षित यातायातलगायत विषय तय भएका छन् ।

    आयोजकका अनुसार सम्मेलनमा नेपाल, चीन, भारत, संयुक्त अधिराज्य, दक्षिण अफ्रिका, श्रीलङ्का, मलेशियालगायत देशका यातायात क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधि सहभागी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...