News Portal

  • लिटल वर्ल्ड आएर प्रमुख प्रजापतिले भने,’इतिहास, भूगोल र राजनीति पढ्नेलाई छात्रवृत्ति दिन्छौं’

    संजीप शुभचिन्तक काठमाडौं, १८ फागुन
    १११९ पटक
    काठमाडौं, १८ फागुन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई राजनीति पढाउनु पर्ने बताएका छन । राजनीति भनेको बन्द, हड्ताल र ढुंगामुढा नभई देशभक्ति, समाजसेवा, विकास र समृद्धिको बाटो भएको जिकिर गर्दै प्रमुख प्रजापतिले विद्यार्थीलाई राजनीति पढाउनुपर्ने बताएका हुन् ।

    शनिवार भक्तपुर-१ दुधपाटीस्थित लिटिल वर्ल्ड इंगलिस स्कूलको वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै प्रमुख प्रजापतिले भने ” अहिले राजनीतिशास्त्र, भूगोल र इतिहास विद्यार्थी र अभिभावकको रुचीमै पर्दैन । यो राम्रो संकेत होइन । यदि यस्तै भयो भने भोली हामीले राजनीतिशास्त्री,पुरातत्वविद, सीमाविद लगायतका जनशक्ति नपाउने समस्या आउनसक्छ ।” नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले राजनीतिशास्त्र, भूगोल र इतिहास लिएर पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिने बताउदै नगरपालिका सवैखाले जनशक्ति निर्माणमा सचेत रहेको समेत दावी गरे ।

    उनले राज्य शिक्षा प्रति उदासीन रहेको समेत आरोप लगाउदै राज्यको पाठ्यक्रम बिदेशीको इशारामा बन्ने, पाठ्यपुस्तक विदेशीले लेखिदिने र पढाउने शिक्षक समेत बिदेशी अनुदानमा राखिने परिपाटीले शिक्षा बिदेशीको चंगुलमा परेको चर्चा गरे । उनले राज्यले संविधानको मर्म अनुसार शिक्षाको ग्यारेन्टी गर्न नसक्दा अभिभावकले निजी विद्यालयहरुको भर पर्नु परेको भन्दै निजी विद्यालय नाफामुखी नभई सेवामुखी हुनुपर्नेमा पनि जोड दिए । ”

    भक्तपुर नगरपालिका स्थानीय पाठ्यक्रम बनाएर लागू गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै प्रमुख प्रजापतिले भने, ” हाम्रो जनशक्तिप्रति हामी सचेत हुनैपर्छ, हामीलाई विस्वास छ स्थानीय पाठ्यक्रमले हाम्रा विद्यार्थीलाइ भक्तपुर बारे समग्र ज्ञान गराउछ र यहाको माटोप्रति प्रेम बढाउछ ।”

    उक्त कार्यक्रममा अतिथिको रुपमा आफ्नो मन्तब्य राख्दै वडा नम्बर १ का वडाध्यक्ष श्याम कृष्ण खत्रीले विद्यार्थीहरु भविश्यका कर्णधार मात्र नभएर वर्तमानको साझेदार समेत भएको जिकिर गरे । उनले नगरका सामाजिक काममा विद्यार्थीहरु संलग्न हुनुपर्नेमा जोड दिदै विद्यार्थीहरुको पढाइको अलावा खेलकूद, सास्कृतिक तथा बौद्धिक विकाशका लागि नगरपालिकाले विविध कार्यक्रम गर्दै आएकोबारे जानकारी गराएका थिए ।

    त्यसगरी विद्यालयका अध्यक्ष पदम्ध्वज कार्कीले विद्यालय, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासबाट मात्र शिक्षणसिकाइ प्रभावकारी हुनेमा जोड दिए भने प्राचार्य रुपेन्द्र पोखरेलले विद्यालयको बर्तमान अवस्था र भावी योजनाको मार्गचित्र प्रस्तुत गरेका थिए ।

    विद्यालयकी सहप्राचार्य सर्मिला महर्जनले संचालन गरेको उक्त औपचारिक कार्यक्रममा प्याब्सनका भक्तपुर नगरसंयोजक, पीटीआइ अध्यक्ष, समाजसेवी लगायत स्थानीय व्यक्तित्वहरुले समेत आफ्नो शैक्षिक मन्तब्य राखेका थिए ।

    विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीहरुले आफ्नो विविध प्रतिभा प्रदर्शन गरेका थिए भने हास्य टेलिचलचित्र ‘रिसानी माफ ‘ का कलाकारहरुले हास्य प्रस्तुतीद्वारा मनोरंजन प्रदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...