News Portal

  • सरकार-विप्लव वार्ता शुरु हुनु अगावै अन्त्य, सेतो नम्बर प्लेटका सवारीमा विप्लवको प्रतिबन्ध

    संजीप शुभचिन्तक भक्तपुर,३ साउन
    ८९६ पटक
    भक्तपुर,३ साउन

    सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच वार्ताको हल्ला चलिरहेका बेला सरकारकाेे आधिकारीक धारणा बाहिर आएको छ ।

    सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए मात्र सरकारले वार्ता गर्ने प्रष्ट पारेका छन् । साथै प्रवक्ता बास्कोटाले विप्लवका शर्तहरु मानेर वार्ता नगर्ने पनि प्रष्ट पारेका छन् । त्यसको लागि सिके रावतले जस्तै पार्टी दर्ता गर्नुपर्ने र ‘हिंसा छोडियो, संविधान मानियो, प्रतिपर्धामा आइयो´ भन्नुुुुपर्नेे प्रष्ट पारेका छन ।

    सिंहदरवारमा पत्रकार सम्मेलन नै आयोजना गरेर मन्त्री बास्कोटाले याे धारणा सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले वार्ता अगाडि मुद्दा फिर्ता गर्ने, पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्ने जस्ता कुनै पनि काम नहुने पनि प्रष्ट पारे ।

    विप्लवको पनि कठोर प्रतिक्रिया

    वार्ताको हल्ला चलिरहेका बेला विद्रोही नेपाल कम्युनिस्ट पार्टीले पनि सरकारप्रति कठोर प्रतिक्रिया जनाएको छ । सरकारका तर्फबाट सत्तारुढ दलका केही नेताहरु वार्ताको पहल गरिरहेको हल्ला चलिरहँदा विद्रोही नेकपाले ‘वार्ताको हल्ला भ्रमपूर्ण बकवास’ भएको बताएको छ ।

    नेकपाका पोलिटब्यूरो सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजङ्गले बुधवार एक विज्ञप्ति जारी गर्दै सरकारले ‘गोयबल्स शैलीमा वार्ताको बकवासपूर्ण हल्ला फैलाएको’ बताएका छन् । साथै उनले सरकारले वार्ताको हल्ला फैलाएर थप दमनको तयारी गरेको पनि दावी गरेका छन् ।

    नेकपाका महासचिव विप्लवका दाइ समेत रहेका नेता विरजंगले स्थानीय सरकारका जनप्रतिनिधिहरु अहिले सुराकीको भूमिका खेलेको पनि दावी गरेका छन् । उनले भनेका छन्, ‘कतिपय कथित जनप्रतिनिधिहरु नै जनहत्यारा अभियानमा सुराकीको भूमिका खेलिरहेको हुनाले हाम्रो पार्टीले आगामी दिनमा ती सबै हर्कतहरु बन्द गर्ने निर्णय गरेको छ ।’

    धेरैले सरकारका तर्फबाट वार्ताको हल्ला चलाएपछि विद्रोही नेकपाले पनि त्यसको सकारात्मक जवाफ स्वरुप विज्ञप्ति जारी गर्न सक्ने अनुमान गरेका थिए । तर, त्यसविपरित नेकपाका महत्वपूर्ण नेताको यस्तो विज्ञप्ति आएको हो । उनले ‘राजनीतिक लडाइँको मोर्चामा’ वर्तमान सरकार हारेर यस्तो हल्ला चलाएको र आफ्ना नेता कार्यकर्ताहरुलाई ‘गैरन्यायिक गिरफ्तारी, दमन, यातना तथा हत्यासम्मका घटनामा उत्रिएको’ दावी गरेका छन् ।

    त्यतिमात्र होइन नेकपा नेता विरजंगले विज्ञप्तिमा भनेका छन्, “मुक्तिकामी श्रमजीवी जनताको पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखि यातना दिने तथा शान्तिपूर्ण भेला सम्मेलनहरु गर्न नदिने राज्यको कदमका विरुद्ध आगामी २०७६ साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध गरिएको छ ।”

    नेकपाले सरकारी गाडी सडकमा चलाइएमा तिनलाई नियन्त्रणमा लिइ कारवाही चलाउने चेतावनी पनि दिएको छ । नेता विरजंगले भनेका छन्, “उक्त निर्णयका विरुद्ध जनविरोधी कार्य गरे र गराएमा जनताले नियन्त्रणमा लिई कारवाही चलाउने कुरा जानकारी गराउँदै पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु सोही निर्णय अनुसार अगाडी बढ्नसमेत यो वक्तव्य मार्फत् जानकारी गराउँदछौं ।”

    अब के

    सरकारका प्रवक्ताको धारणा र नेकपा मध्यपश्चिम कमाण्ड इन्चार्ज समेत रहेका प्रभावशाली नेता विरजंगको यो विज्ञप्ति आएपछि वार्ताको हल्ला प्रकरणको करिव करिव अन्त्य भएको ठानिएकाे छ ।

    सरकारले विप्लवसँग वार्ता गर्न मान्छे खटाएको र सोही वमोजिम विभिन्न चरणमा वार्ता भइरहेको भन्ने व्यापक हल्ला आइरहेका बेला सरकारका प्रवक्ता वास्कोटा र बिद्रोही नेता विरजंगको बिज्ञप्ती संगै वार्ता विरोधी धारणा वाहिरिएपछि वार्ता केवल हल्लामा मात्र सीमित भएको पुष्टि भएको छ ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाह वमोजिम नै सत्तारुढ दलका महासचिव बिष्णु पौडेल समेत वार्तामा लागेको कुरा आएको थियो । त्यसैगरी सरकारले यसअघि गठित वार्ता टोलीका संयोजक रहेका सोमप्रसाद पाण्डेलाई लगाएर अनौपचारिक वार्ता भइरहेको हल्ला चलेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...