News Portal

  • विप्लवका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा मध्यरातमा समातिए

    भक्तपुर, ५ साउन
    १५५० पटक
    भक्तपुर, ५ साउन

    नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् ।

    पछिल्लो समय उपत्यकाको कमाण्ड गरिरहेका पार्टी केन्द्रीय सदस्य समेत रहेका लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो । काँडाघारीको एक घरमा रहेका लामालाई घर घेरा हालेर समातिएको बताइएको छ । उनको साथमा रमेश तामाङ नाम गरेका अर्का कार्यकर्ता पनि समातिएका छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको दावी गरे ।

    लामा चर्चित जनकलाकार पनि हुन । गीतकार तथा संगीतकार समेत रहेका लामा २०४८ सालदेखि नै सामना परिवारको महत्वपूर्ण नेतृत्वमा रहँदै आएका थिए । साथै उनी अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष पनि रहेका थिए । उनले थुप्रै गीतहरुमा संगीत र स्वर दिनुका साथै गीत लेखेका छन् ।

    माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सक्रिय लामा जनयुद्धकालमै गम्भीर घाइते भएका थिए । उनी अहिले पनि राम्रोसँग आँखा देख्न र कान सुन्न सक्दैनन । लामालाई लामो समयदेखि प्रहरीले विप्लव माओवादीका नेता मध्ये सर्वाधिक खोजिको सूचीमा राखेको थियो । उनी पछिल्लो समय उपत्यकामा हुने बम विष्फोटदेखि अन्य घटनामा सम्लग्न रहेको प्रहरीको दावी छ । तर, नेकपाका नेताहरुले भने यसलाई खण्डन गरेका छन ।

    लामा २०६४ को संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवार भई झिनो मतले पराजित भएका थिए ।

    सरकारले एकातिर विप्लवसँग वार्ता गर्ने बताए पनि गिरफ्तारी भने व्यापक रुपमा बढाइरहेको छ । सत्तारुढ दलका केही नेताहरु भने आफूहरुले वार्ताको वातावरण मिलाउँदै आएको बताउँदै आएका छन् । माइला लामाको गिरफ्तारीले सरकार वार्ताको हल्ला फिजाएर अझै दमन गर्न चाहेको छ भन्ने पुष्टि गरेको नेकपाका एक नेताले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...